यी ७४ वर्षे वृद्ध जसले श्रीमतीका लागि घरलाई बनाए अस्पताल, कारलाई एम्बुलेन्स र कोठालाई आइसीयू

एजेन्सी: ट्वीटरमा एक ७४ वर्षका व्यक्तिले एउटा फोटो सेयर गरे,यो फोटोमा उनी आफ्नी ७२ वर्षकी श्रीमतीको सेवा गरिरहेको देखिएका थिए। उनले आफ्नी श्रीमतीका लागि घरललाई अस्पतालमा परिवर्तन गरे। जहाँ अक्सिजनको सिलिन्डिर देखि भेन्टिलेटरसम्म छन् । रोचक कुरा के छ भने यो सबै उनी एक्लैले गरेका हुन् । यी व्यक्ति कुनै डाक्टर होइनन् तर एक अवकाश प्राप्त इन्जिनियर हुन् । नाम हो ज्ञान प्रकाश, भारतको मध्य प्रदेशको जबलपुरमा बस्द छन् । उनीसँग भारतीय मिडिया दैनिक भास्करले कुराकानी गरेको छ, जसलाई अनुवाद गरेर रातोपाटीमा पनि राखिएको छ ।

बारम्बार अस्पताल जानु परेका कारण घरलाई नै अस्पताल बनाइदिएँः ज्ञानकी श्रीमती कुमुदिनी श्रीवास्तव ७२ वर्षकी छिन् । उनकी दमकी रोगी हुन् । घरलाई नै अस्पताल बनाउनुको उद्देश्यबारे कुरा गर्दै उनी भन्छन्, ‘दमका कारण श्रीमती लाई बारम्बार अस्पताल लगिरहनुपर्दथ्यो, केहि दिन पछि मात्रै डिस्चार्ज हुन्थिन् । यो प्रक्रिया पछिल्लो चार वर्षदेखि लगातार चल्दै आएको थियो ।

गत वर्ष सेप्टेम्बरमा जब मेरी श्रीमती अस्पताल बाट डिस्चार्ज हुने तयारीमा थिइन् तब मैले घरमा पहिले नै अस्पतालको सेट अप तया गरेँ । सबैभन्दा पहिले अक्सिजन पाइपलाइनको फिटिङ गरेँ । त्यसपछि कोठालाई आइसीयूमा परिवर्तन गरेँ । यहाँ सक्सन मेसिन, नेबुलाइजर, एयर प्यूरीफायर र भेन्टिलेटर पनि छन् । केहि दिनपछि अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याएँ ।’

ज्ञानले आफ्नो कारमा अक्सिजन फिटिङ गराएर सिलिन्डर राखेका छन्, कारलाई पूर्ण रुपमा एम्बुलेन्समा परिवर्तन गरेका छन् । जब आपतकालीन अस्पतालमा श्रीमतीलाई अस्पताल लानुपर्छ तब उनी यसै कारमार्फत् जान्छन् । ज्ञान भन्छन्, ‘अस्पतालमा बिरामीलाई संक्रमण हुन्छ तर घरमा यस्तो हुँदैन । हो, कहिलेकाँही इमजेन्सीमा अस्पताल जानुपर्छ तर अहिले अस्पताल भन्दा राम्रो तरिकाले मैले घरमा नै श्रीमतीको हेरविचार गर्न पाइरहेको छु । ’

उनका अनुसार श्रीमतीलाई प्रति मिनेट चार लिटर अक्सिजनको आवश्यकता पर्छ । हरेक हप्ता दुई सिलिन्डर मगाउँछन्, एक वर्षदेखि घरमा अक्सिजन ल्याइरहेका कारण सिलिन्डर समयमा नै आउँछ , कोरोनाका बेला थोरै समस्या हुँदा उनले कलेक्टर, एसपीलाई निवेदन गरे, त्यसपछि उनीहरुले तत्काल आपूर्तीकर्तालाई फोन गरेर अक्सिजन सिलिन्डर उपलब्ध गराइदिए। यो सबै कसरी गर्नु भयो,यो प्रश्नको जवाफमा उनले भने, ‘म इन्जिनियर हुँ र इन्जिनियर त्यस्तो व्यक्ति हो जसले हरेक काम गर्ने गर्छन। म लगातार पल्स ओक्सी मिटर मार्फत् अक्सिजन मोनिटर गर्छु र त्यस अनुसार नै अक्सिजनको सप्लाई रेगुलेट गर्छु ।’

मेकानिकल प्रोडक्सनको अनुभव मेडिकल अपरेशन थिएटरमा ल्याएः ज्ञान भन्छन्, ‘म ७४ वर्षको भएँ, कानपुरमा जन्मिएको थिएँ। ९ कक्षामा मेरा शिक्षक थिए शिवनारायण दास जायसवाm ‘गान्धी जी’ । जब हामी केही काम गर्न सक्दैनथ्यौं तब उनले आफैंलाई सजाय दिन्थे किनभने उनको मान्यता थियो कि शिक्षकले राम्रोसँग विद्यार्थीलाई बुझाउन नसकेकै कारण विद्यार्थीले उक्त काम गर्न सकेनन् । ’

ज्ञानले आफ्ना शिक्षकको यहि कुरालाई आफ्नो जीवनको प्रेरणा बनाए । ज्ञानले सुरुमा फरेस्ट रेन्जरको रुपमा आफ्नो करियरको सुरुवात गरे तर पछि उनी जबलपुर अर्डिनेन्स फ्याक्ट्रीमा इन्जिनियरिङ अप्रेन्टिस भए । उनले चार वर्षसम्म त्यहाँ मेकानिकल इन्जिनिय रिङको रुपमा काम गरे । ज्ञान भन्छन्, ‘यहाँ मैले धेरै कुरा सिकेँ, त्यो अनुभव मेरो जीवनमा अहिलेसम्म पनि काम गरिरहेको छ ।

मैले आफ्नो मेकानिकल प्रोडक्सनको अनुभवलाई मेडिकल अपरेशन थिएटरमा ल्याएँ जसका कारण आज मैले घरमा नै आफ्नी श्रीमतीलाई अस्पतालजस्तो माहौल दिन सकिरहेको छु।’ ज्ञान भन्छन्, ‘जबदेखि श्रीमती थलिएकी छिन्, तबदेखि मेरो दैनिकी नै परिवर्तन भएको छ । अब उनी बिहान उठेर सबैभन्दा पहिले श्रीमतीलाई तातो पानी पिलाउँछन् र आफू पनि पिउँछन् । त्यसपछि श्रीमतीलाई पटमा नै दिसा गराउँछन् ।

त्यसपछि दुबैका लागि चिया बनाउँछन् । बीच–बीचमा अक्सिजन सप्लाईलाई मोनिटर गर्छन् र औषधी पनि खुवाउँछन् । यद्यपि, उनले स्थायी नर्स पनि राखेका छन् जसले इन्जेक्सन र ड्रिप लगाउने काम गर्छिन् । ज्ञान भन्छन्, ‘म उनको बेड नजिकै बसेर आफ्नो ट्याबमा फेसबुक, ट्वीटर र युट्युब पनि हेर्छु ।’ यसैमार्फत् उनी आफूलाई अपडेट राख्छन्, सर्वोच्च अदालतमा चार जनहित याचिका लगाएका छन त्यसको अपडेट पनि लिन्छन् । ज्ञान निकै गर्वमा साथ भन्छन ‘मसँग हरेक प्रकारको टुल्स छन्, म हरेक प्रकारको काम गर्ने गर्छु । भर्खरै भेन्टिलेटरको मास्क टाइट थियो त्यसको बेल्टलाई आफैंले फेरिदिएँ ।’

श्रीमती पहिलो पटक बिरामी हुँदा डि’प्रेशनमा गएका थिएः ज्ञानकी श्रीमती जब पहिलो पटक सन् २०१६ मा बिरामी भएकी थिइन् तब उनी डि’प्रेशनमा गएका थिए। त्यतिबेला उनले डि’प्रेशनबाट बाहिर आउनका लागि योगको सहारा लिएका थिए । उनकी श्रीमतीको फो’क्सोले काम गर्न बन्द गरेपछि उनले राम्रोसँग अक्सिजन लिन पाउँदिनथिन् । यो स्थितीलाई रेस्पेरेटरी फेलियर सिओटू नर्कोसिस भनिन्छ ।

यस्तो अवस्थामा बिरामीलाई सधैं अक्सिजन सपोर्टमा राख्नुपर्छ । ज्ञान भन्छन्, ‘जवानीमा त सबै कुरा मिलिहाल्छ तर आज मेरी श्रीमतीलाई मेरो धेरै नै आवश्यकता छ, अब मलाई प्रेमभन्दा पनि धेरै कर्तव्यबोध छ । आज म जे छु, त्यसमा उनको बराबरको योग दान छ । यस्तोमा मेरो पनि उनलाई हेरविचार गर्ने जिम्मेवारी हो ।’

प्रतिक्रिया दिनुहोस्