ललिता निवासको जग्गा बैंकमा राखेर यती बैंकबाट ४९ लाख ऋण लिएको खुलासा

काठमाडौं : ललिता निवासको सरकारी जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेलेका छोरा नविन पौडेलले सो जग्गा साविक यती डेभलपमेन्ट बैंकमा राखेर ४९ लाख ऋ’ण लिएको खुलासा भएको छ । साविकको यती डेभलपमेन्ट बैंक हालको महालक्ष्मी विकास बैंकसँग मर्ज भएको थियो।

ललिता निवासको सरकारी जग्गा भूमाफियासँगको मिलेमतोमा व्यक्तिगत बनाएको सार्वजनिक भएसँगै नेकपा महासचिव पौडेलले समेत ८ आना जग्गा छोराको नाममा किनेको खुलेको थियो। सोही जग्गा बैंकमा राखेर उनले ऋण निकालेका हुन्। पौडेलले ‍ललिता निवा सको रजिष्ट्रेसन नम्बर ४१७ ‘क’को जग्गा धितोमा राखेर कर्जा लिएको नेपाललाइभले फेला पारेको दस्तावेजमा उल्लेख छ।

उनले २०७० कात्तिक ४ गते ऋण लिएका थिए। पौडेलले जग्गा फिर्ता गर्न राजी भएको भन्दै अख्तियारले उनलाई प्रतिवादी बनाएको छैन। अख्तियारले सो जग्गा सरकारको नाममा ल्याउन निर्देशन भने दिइसकेको छ। नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवा सका घर तथा जग्गा धितो राखेर दिएको ऋ’ण रकमबारे वाणिज्य बैंकहरुसँग विवरण माग गरेको छ ।

अख्तियार दुरुपयोग अ’नुसन्धान आयोगले ललिता निवास जग्गा प्र’करणमा मु’झिएका व्यक्तिहरु वि’रुद्ध भ्र’ष्टाचार मु’द्दा दायर गरेसँगै राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग विवरण माग गरेको हो । राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले ललिता निवासका घर जग्गामा दिइएको ऋण विवरण सम्पूर्ण बैंकहरुसँग माग गरिएको जानकारी दिए। उनले दुई दिनभित्र विवरण आएपछि त्यस विषयमा के गर्ने भनेर निक्र्यौल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्