ठ’गी गर्ने म्यानपावर सञ्चालकलाई प्रहरीको उन्मुक्ति

काठमाडौं : विदेश लैजाने भनी पाँच करोड भन्दा बढी ठ’गी गर्ने बिएन्डबी एचआर म्यानेजमेन्टका सञ्चालक अजय तामाङलाई प्रहरीले भरपर्दो प्रमाण नभएको भन्दै अनुसन्धान नै नगरी छाड्यो डिएसपी दुर्गाराज रेग्मी भन्छन्– भरपर्दो प्रमाण भेटिएन । न जाहेरी नै पर्‍यो । त्यसैले अनुसन्धान गर्न आवश्यक देखिएन ।

घाना, जापान, माल्दिभ्स लगायत मुलुक लैजाने प्रलोभनमा सय युवाबाट पाँच करोड रुपैयाँभन्दा धेरै ठ’गीधन्दामा संलग्न बिएन्डबी एचआर म्यानेजमेन्टका सञ्चालक अजय तामाङलाई प्रहरीले कुनै का’रबाही नगरी छाडेको छ। वैदेशिक रोजगार विभागको २४ पुसको पत्रपछि पीडितको सहयोगमा तामाङ बुधबार टोखाबाट प’क्राउ परेका थिए । प’क्राउपछि तामाङलाई महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासत कक्षमा राखिएको थियो ।

तर, वृत्तले उनी वि’रुद्ध अनुसन्धान नै नगरी बिहीबार साँझ छाडिदिएको छ । वृत्त प्रमुख डिएसपी दुर्गाराज रेग्मीले भरपर्दो प्रमाण नभएपछि छाडिएको बताए । ‘तामाङलाई हि’रासतमा लिएका हौँ, तर भरपर्दो प्रमाण भेटिएन । न जाहेरी नै प¥यो । त्यसैले अनु सन्धान गर्न आवश्यक देखिएन’ उनले भने । तर, पी’डितहरूले भने तामाङ वि’रुद्ध वैदेशिक रोजगार विभागले नै पत्र काटेको बताएका छन् । नया पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्