महाभियोगबाट सफाइ पाएपछि ट्रम्पले आफ्ना विपक्षीलाई गरे यस्तो गाली

एजेन्सी:महाभियोगमा सफाइ पाएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना राजनीतिक प्र’तिद्वन्द्वी वि’रुद्ध वि’ष वमन गरेका छन्। अमेरिकाको माथिल्लो सदनले महाभियोगबाट उन्मुक्ति दिएको १ दिनपछि ट्रम्पले ह्वाइट हाउसमा ‘विजय उत्सव’ आयोजना गर्दै आफ्ना विपक्षीलाई निम्नस्तरका शब्दमा गाली गरेका हुन्।

बीबीसीका अनुसार ह्वाइट हाउसकाे इस्ट रूममा आफ्ना समर्थक एवं मन्त्रिमण्डलका अधिकारी माझ ट्रम्पले वरिष्ठ डेमोक्र्याटहरूलाई ‘दुष्ट, स्वार्थी र बेकार’का मानिस भनेका हुन् । झन्डै १ घण्टा चलेको कार्यक्रममा ट्रम्पले आफूबाट केही कमी कमजोरी भए पनि यसरी महाभियोगै लगाउनुपर्ने गलत काम नगरेको दाबी गर्दै उनले भने, ‘त्यो दुष्टता थियो, त्यो बेइमानी थियो।’

बीबीसीका अनुसार त्यो आफ्नो औचित्य, कुन्ठा र चि’ढ्याइ दर्शाउँदै आत्मप्रशंसा गर्ने र आफ्नो बाटोमा आउने राजनीतिक प्रति द्व’न्द्वीलाई अपमानजनक व्याख्या गर्ने कार्यक्रम थियो। रिपब्लिकनहरूको बाहुल्य रहेको सिनेटले महाभियोगमा दिएको सफाइलाई ट्रम्पले आफू माथिको पूर्ण अनुमोदनको रूपमा अर्थ्याए।

आफ्ना विरोधीहरूको अपमान गर्दै ट्रम्पले ती क्षु’द्र, घिनलाग्दा र खराब मानिस भएकाे बताए। सफाइ पाएपछिको उनको उत्सव सन् १९९९ मा राष्ट्रपति बिल क्लिन्टनले त्यस्तै सन्दर्भमा गरेको भन्दा फरक थियो । त्यस बेला महाभियोग सामना गरेका क्लिन्टनले अमे रिकी जनतासामु मलिन ढंगले माफी मागेका थिए।

प्रतिक्रिया दिनुहोस्