अमेरिकी पत्रकार भन्छन्: क्रिकेटरलाई नेपालीकाे माया अदभूत

काठमाडौं : इएसपीएन क्रिकइन्फोका लागि क्रिकेटसम्बन्धी रिपोर्टिङ गर्ने अमेरिकी पत्रकार पिटर डेला पेना नेपाललगायत विभिन्न मुलुकको क्रिकेटबारे निरन्तर लेखिरहन्छन्। नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रति योगितामा गरेको प्रदर्शनीबारे समाचार तथा टिप्पणी लेख्न प्रायः छुटाउँदैनन् उनी। नेपालमा हुने घरेलु प्रतियोगिताहरु पनि अध्ययन गरिरहने उनी हरेक नेपाली क्रिकेटरको व्यक्तिगत प्रदर्शन बारे समेत जानकार छन्।

हाल नेपाल, अमेरिका र ओमानबीच कीर्तिपुरमा जारी त्रिकोणात्मक एकदिवसीय खेलको रिपोर्टिङ गर्न काठमाडौं आइपुगेका पिटरसँग खेलमैदानमै गरिएको कुराकानीमा यस्तो बताएका हुन। उनी भन्छन-मलाई लाग्छ नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय हिसाबमा राम्रो प्रगति गरिरहेको छ। नेपाल अन्तर्राष्ट्रिय स्तरमै राम्रो छाप छोड्न सफल छ। सबैभन्दा अद्भुत पक्ष नेपालीहरु आफ्ना खेलाडीलाई निकै माया र सम्मान गर्छन्।

आज बुधबार त्रिकोणात्मक क्रिकेटमा नेपाल र ओमानबीच खेल भयो। हजारौं समर्थक आफ्नो टोलीलाई साथ दिन आए। नेपालले पाइरहेको समर्थकको यस्तो लगाव र माया एसोसियट राष्ट्रमा कमै देख्न पाइन्छ । नेपाली समर्थकको मायाका कारण पनि नेपाली क्रिकेट अगाडि बढेको हो। नेपाली क्रिकेट संस्कार हेर्दा यहाँका खेलाडी खेल मैदानमा हुँदा राम्रो प्रदर्शनमा ध्यान दिन्छन्।

नेपालमा प्रशासनिक र मन्त्रालयगत हिसाबमा उत्पन्न समस्याले गर्दा नेपाली क्रिकेटको प्रगतिलाई केहि हदसम्म अवरोध पनि गरिरहेको छ। तर कठिन अवस्थामा पनि खेलाडीले थप मिहिनेत गरेको देखिन्छ र उनीहरुले सफलता हात पारेको देखिएको छ। समर्थकको साथ पाएका खेलाडीले राम्रो गरिरहेका छन्, यो गजबको प्रशंसनीय कुरा हो।

प्रतिक्रिया दिनुहोस्