अब भ्र’ष्टाचार गरेको पैसा फिर्ता गरे मु’द्दा नलाग्ने !

काठमाडौं । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नयाँ नजिर स्थापित गरेर भ्र’ष्टाचारीलाई उ’न्मुक्ति दिने बाटो खोलेको छ । जसको चौतर्फी आलोचना भइरहेको छ । बालु वाटारको १ सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याएको विषयमा अख्तियारले बुधबार हाइप्रोफाइलका व्यक्तिसहित एक सय ७५ जना वि’रुद्ध विशेष अदालतमा भ्र’ष्टाचारको मु’द्दा दायर गरेको छ ।

तर,उक्त प्रकरणमा मुछिएका केहीलाई भने निर्णय गरेर अख्तियारले जोगाउने प्रयास गरेको छ। जसले आगामी दिन भ्र’ष्टाचारी, घु’सखोरीले रकम फिर्ता गरे कानुनी का’रबाहीबाट उन्मुक्ति पाउने नजिर स्थापित गर्ने भन्दै चिन्ता जनाइएको छ । अख्तियारले बालुवा टार जग्गा प्र’करणमा मुछिएका सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, उनका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई जोगाउन अनौठो नजिर स्थापित गर्न खोजेर आगामी दिनमा भ्रष्टा’चारी र घु’सखोरीले उन्मुक्ति पाउने देखिन्छ ।

बालुवाटारको सरकारी जग्गा किनेका नेकपामा महासचिव पौडेल र न्यायाधीश रेग्मीले बालुवाटारको जग्गा फिर्ता गर्ने निवेदन दिएकाले मुद्दा नलाग्ने तर्क गर्दै अख्तियारले उनीहरु वि’रुद्ध मुद्दा चलाएन । विष्णु पौडेलले सो जग्गा छोरा नवीन पौडेलको नाममा लालपुर्जा निकालेका थिए । महासचिव पौडेलका छोरा नवीन र रेग्मीले जग्गा फिर्ता गर्ने बताएकाले मुद्दा नचलाउने निर्णय भएको अख्तियारले आफ्नो मिसिलमा लेखेको छ ।

अख्तियारको सो निर्णय र कदमले अबका दिनमा घुस खाने र भ्रष्टाचार गर्नेले रकम फिर्ता गरे कारबाहीमा नपर्ने नजिर बस्ने भएको छ । पौडेल र रेग्मीविरुद्ध मुद्दा नचलाएको अख्तियारले बालुवाटारको सरकारी जग्गा किनेका ६५ जना सर्वसाधारणको भने जग्गा ज फत गर्न मुद्दा चलाइएको छ । साथै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउने पूर्वप्रधान मन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिइएको छ ।

त्यस्तै, पूर्व मुख्यसचिव लीलामणि पौडेललाई पनि भ्र’ष्टाचार मु’द्दा लगाइएन । तीनैजना कम्युनिस्ट नै हुन। बुधबार मु’द्दा दायर गरेपछि अख्तियार माथि दलीय छायाँ परेको भन्दै सामाजिक सञ्जाफमा चर्काे आलोचना भइरहेको छ । अख्तियार स्थापना भएको अहिले सम्मको स्थिति मूल्यांकन गर्दा भ्रष्टाचारमा संलग्न कम्युनिस्ट नेतालाई बोक्ने र कांग्रेसीलाई ठो’क्ने अख्तियारको नीति जस्तो देखिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आ’रोप लगाइरहेका छन् ।

बुधबार अख्तियारले दायर गरेको मुद्दामा कांग्रेसका उपसभापति विजयकुमार गच्छदार वि’रुद्ध नौ करोड ६५ लाख ७६ हजार बिगो मागदाबी र १३वर्ष जे’ल स’जाय मागिएको छ। अख्तियारको निसानामा अहिलेसम्म कांग्रेस नेताहरू खुमबहादुर खड्का, जयप्रकाश प्रसाद गुप्ता, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, विजयकुमार गच्छदार, टेकबहादुर गुरुङ वि’रुद्ध भ्रष्टा’चार मु’द्दा दर्ता गरिसकेको छ । प्रायः सबैको राजनीतिक भविष्य समाप्त भइसकेको छ गच्छदार बाहेक ।

प्रतिक्रिया दिनुहोस्