जनताको गुनासो सुन्न घर-घरमै पुगे सांसद चन्द्र लामा

काभ्रे– नेकपाका युवा नेता तथा बागमती प्रदेशसभा सदस्य चन्द्र लामाले जनताको हरेक आपतविपतमा संगसंगै रहने बताएका छन ।शनिबार बेथानचोक गाउँपालिका वडा नम्बर ६ महाँकालचौर, भुग्देउका स्थानीय नेता, कार्यकर्ता र जनताहरु संग त्यहाँको विकास निर्माणको अवस्था र भावि आवश्यकताको बारेमा जानकारी लिन सांसद चन्द्र लामा त्यहाँ पुगेका थिए ।

सांसद लामाले स्थानीय जनताले अनुभुती गर्नेगरी आफुले विभिन्न योजना ल्याएको र हाल केहि योजनाहरु अगाडि बढि रहेको बताएका छन । सांसद लामासँगको भेटमा भुग्देउका स्थानीयले सडक स्तर उन्नती, स्वास्थ्य सेवामा सहज पहुँच, खेलमैदान निर्माण लगायत तत्कालीन आवश्यकता रहेको जानकारी गराएका थिए । निकट भविष्यमै ती बिषयमा केही न केही नयाँ योजना ल्याएर कार्यान्वयन गर्ने सांसद लामाले प्रतिवद्धता जनाएका छन् ।

उनीसंगै जनतासंग भेटघाटमा गएका संविधान सभा सदस्य माननीय सभासद् रामहरि सुवेदीले विकास निर्माणका लागि आफुहरु निरन्तर लागि परेको बताए। सुवेदीले स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकार बीच समन्वय गरेर बिकासका योजनाहरु अगाडि बढि रहेको बताएका छन । स्थानीय जनतासंगको भेटघाट कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्यहरु वेद प्रसाद तिमल्सिना, पेमा लामा लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्