उदयपुरका युवाको गिनिज विश्‍व रेकर्डमा नयाँ किर्तिमानी

काठमाडौँ : अमेरिकी नागरिक जोन पेरी टक्सनले १ डिसेम्बर २०१९ मा ‘मस्ट अल्टरनेटिभ हिट्स विथ अ टेनिस र्‍याकेट ‘ को विश्‍व रेकर्ड नेपाली युवाले तोडेका छन। ३० सेकेन्डमा ९७ स्कोर गर्दै गिनिज विश्व रेकर्डको उक्त टाइटल जिते का अमेरिकीलाई उदयपुरका युवा चित्रकुमार कार्कीले जितेका छन् ।

कार्कीले हालै ३० सेकेन्डमा १०२ स्कोर गर्दै गिनिज विश्व रेकर्डको उक्त टाइटल आफ्नो नाममा दावी गरेका हुन् । आइतबार ललितपुरस्थित वल्र्ड रेकर्ड फाउन्डेसनको सभाहलमा भएको कार्यक्रममा कार्कीले सो स्कोर बनाउन सफल भएका थिए । उक्त कार्यक्रममा कार्कीको प्रतिस्पर्धा अल्ट्रा ग्रुपका प्रतिनिधि उत्तम खनालले प्रमुख अतिथिको रुपमा अवलोकन गरेका थिए ।

फ्याल्यास टेनिस एकेडेमीका अध्यक्ष श्रवण कार्की, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय महासचिव हरि रेग्मी लगायतको उपस्थितिमा कार्कीले आफ्नो रेकर्ड दावी गरेका हुन। कार्कीले यसअघि नै उल्टोर्फबाट मोटरसाइकल चलाएर विश्व रेकर्ड कायम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्