जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा काेराेनाकाे स’ङ्क्रमण देखियाे, जापानमा मात्रै ८६ जना स’ङ्क्रमित

काठमाण्डाै : जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा पनि कोरोना भा’इरसको स’ङ्क्रमण देखिएको छ । यस अघि जहाजमा यात्रा गरिरहेका १० जनामा कोरोनाको स’ङ्क्रमण देखिए पछि चालक दलका सदस्यसहित जहाजमा रहेका ३ हजार ७ सय जनालाई गएकाे बुधबार देखि नै १४ दिने क्वारेन्टाइनमा राखिएको थियो ।

जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा कोरोनाको स’ङ्क्रमण देखिएसँगै जहाजमा रहेका ६१ जनामा कोरोनाकाे स’ङ्क्रमण भएको पुष्टि भएको बीबीसीले जनाएको छ । उनीहरुलाई अस्पताल लैजाने तयारी भएको छ। जहाजमा रहेका २८ जना जापानी, ११ जना अमेरिकी, अस्ट्रेलिया र क्यानाडाका सात–सात जना, चीन र हङकङका तीन–तीन जना, न्युजिल्याण्ड, ताइवान, फिलिपिन्स र अर्जेन्टिनाका एक–एक जनामा कोरोना भएको पाइएको हो ।

योसँगै जापान चीनपछि कोरोनाका बिरामी धेरै देखिने देश बनेको छ । जापानका ८६ जनामा कोरोना भएको पुष्टि भएको छ । वुहान शहरबाट सुरु भएको कोरोना भा’इरसका कारण अहिलेसम्म चीनमा मात्रै ६ सय ३६ जनाको ज्यान गैसकेको छ भने ३१ हजार १ सय ६१ जनामा सङ्क्रमण भएको पाइएको छ । यस्तै चीन बाहिर २५ देशमा कोरोना स’ङ्क्रमित भेटिएकामा अहिलेसम्म फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्