अख्तियार प्रमुखलाई फूलको गमला दिन गएका साझा पार्टीका १३ नेता प’क्राउ

काठमाडौं : प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गरिरहेका साझा पार्टीका १३ नेता कार्यकर्तालाई प’क्राउ गरेको छ। बालुवाटार जग्गा प्रक’रणमा अख्तियारले गरेको अनुसन्धानका लागि धन्यवाद दिन र केही व्यक्तिलाई उन्मुक्ति दिइएकोमा ध्यानाकर्षण गराउनका लागि फूलको गमला सहित पुगेका साझा पार्टीका पाँच केन्द्रीय सदस्य सहित १३ नेतालाई प्रहरीले प’क्राउ गरेको हो।

‘हामीले बालुवाटार जग्गा प्र’करणका विषयमा अख्तियार गरेको अनुसन्धानका लागि प्रमुख आयुक्त लाई नै भेटेर धन्यावाद दिन र केहीले उन्मुक्ति पाएको विषयमा ध्यानाकर्षण गराउनका लागि गएका थियौँ’, प’क्राउ परेका केन्द्रीय सदस्य शरदराज पाठकले भने, ‘उहाँहरुले भेटन चाहनु भएन। त्यसपछि हामीले झण्डै १० मिनेटजति प्रदर्शन गरेपछि प्रहरीले प’क्राउ ग¥यो।’

उनले प्रमुख आयुक्तले भेट नदिएपछि नि’षेधित क्षेत्रभन्दा बाहिरबाट आफूहरुले प्र’दर्शन गरेको र प्रदर्शनकै क्रममा प्रहरीले प’क्राउ गरेको बताए। प’क्राउ पर्नेमा साझा पार्टीका केन्द्रीय सदस्यहरु समीक्षा बाँस्कोटा प्रकाशचन्द्र परियार, नारायण कोइराला, शरदराज पाठक, अब्दुस मिया लगायतका रहेको पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए। प’क्राउ परेका सबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको पाठकले बताए।

‘हामीलाई पुलिस क्लब भित्रको चौरमा राखिएको छ’, उनले भने । अख्तियारले बालुवाटारको सरकारी जग्गा हिनामिना प्र’करणमा मु’छिएका सत्तारुढ नेकपाका नेताहरु माधव नेपाल, विष्णु पौडेल लगायतका नेताहरुलाई उ’न्मुक्ति दिन खोजेको भन्दै साँझा पार्टीले वि’रोध प्रदर्शन गरेको हो।

प्रतिक्रिया दिनुहोस्