राजनीतिले घर व्यवहार चल्ने रहेनछ भन्दै राजनीति छाडेर च्याउखेती, बार्षिक ४० लाख आम्दानी !

काठमान्डौ : विद्यार्थी जीवन बाटै राजनीतिमा प्रवेश गर्नु भएका बिर्तामोड नगर पालिका ४ का भक्ति प्रसाद तिवारी ‘विदुर’ले २०६५ सालसम्म राष्ट्रिय जनमोर्चा पार्टीमा रहेर सक्रिय राजनीति गर्नुभयो । सिङ्गो जीवन नै राजनीतिमा व्यतित गर्ने सोच बोकेर अघि बढ्नु भएका विदुरले राजीतिक परिर्वतनसंगै २०६५ सालबाट राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गर्दै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीमा प्रवेश गर्नुभयो ।

माओवादी पार्टीमा समेत सक्रिय राजनीति गर्नु भएका उहाँले २०७० सालको निर्वाचनमा आफ्नो पार्टीले हार व्यहोर्दा छाएको निरासाले उहाँलाई उद्यमी बनायो । राजनीतिले घर व्यवहार नचल्ने रहेछ भन्दै २०७१ साल देखि च्याउ खेती शुरु गर्नु भएका विदुरले अहिले एक विगाह क्षेत्र फलमा व्यवसायिक च्याउ खेती गर्नु भएको छ । कृषि विकास वैंकबाट व्यवसायिक च्याउ खेतीका लागि ५० लाख रुपैयाँ ऋण लिएर २०७३ सालदेखि एक विगाह जमिन समेत लिजमा लिँदै च्याउ खेती गर्दै आउनु भएका तिवारीले अहिले २५ हजार सिलिण्डर च्याउ रोप्नु भएको छ ।

प्रति सिलिण्डर डेढ केजीसम्म उत्पादन हुने च्याउ उहाँले प्रतिवर्ष झण्डै ३२ हजार केजी उत्पादन गर्नु हुन्छ । छ जनालाई प्रत्यक्ष र मौसमी कामदारका रुपमा १०÷१२ जनालाई रोजगारी दिएर पनि अहिले च्याउ खेती बाटै वार्षिक ४० लाख ६२ हजार पाँच सय रुपैयाँ आम्दानी गर्ने गरेको तिवारीले बताउनु भयो । गत वर्ष पनि यही लक्ष्यका साथ काम गरेको थिए सफल भए – तिवारीले भन्नुभयो ।

व्यवसायिक खेती गर्दा लक्ष्य हुन्छ तिवारीले भन्नुभयो – यो वर्ष २५ हजार सिलिण्डर च्याउ रोपेको छु ,प्रति सिलिण्डर १.२५ प्रति केजी च्याउ उत्पादन हुन्छ । त्यसो गर्दा २५ हजार सिलिण्डरमा ३१ हजार २ सय ५० केजी च्याउ उत्पादन हुन्छ ।’ उत्पादित च्याउ १ सय ३० रुपैयाँ प्रतिकेजी घरबाटै विक्री गर्छु । एक विगाहमा लगाएको च्याउले यो वर्ष ४० भन्दा बढी आम्दानी गर्छु – तिवारीले भन्नुभयो ।

एक हजार सिलिण्डर च्याउ उत्पादन गर्न ७० देखि ८० हजार रुपैयाँ सम्म लागत लाग्ने बताउँदै तिवारीले भन्नु भयो – ‘प्रविधिक ज्ञान छैन भने च्याउ खेती गर्दा कृषकले घाटा व्यहोर्नु पर्छ । एउटा मात्रै भुसुनो च्याउ रोपेको सिलिण्डरमा प्रवेश ग¥यो भने त्यहाँ लाखौं भुसुना उत्पादन गर्दै सबै सिलिण्डरलाई नष्ट गरिदिन्छ, जसका कारण च्याउ खेतीका लागि प्राविधिक ज्ञान अनिवार्य छ ।’

आफूले च्याउ खेती शुरु गर्दाको अवस्था सम्झदै तिवारीले भन्नु भयो – ‘अहिले त मलाई च्याउ खेतीले राम्रो आम्दानी दिएको छ । नहुँदा पनि खर्च कटाएर आम्दानीको आधा भन्दा बढी रुपैयाँ बचत हुन्छ । तर, शुरुको वर्ष प्राविधिक ज्ञान नहुँदा २०७१ सालमा १६ सय सिलिण्डर च्याउ बिग्रियो, जति बेला मलाई निक्कै ठूलो घाटा लागेको थियो ।’

च्याउ खेतीबाटै सोचे भन्दा राम्रो आम्दानी लिन शुरु गरेपछि उहाँले झापा विद्रोहका योद्धा टंकप्रसाद चौधरीका लागि जमिन समेत खरिद गरिदिनु भएको छ । २०२८ सालको किसान विद्रोहका क्रममा पक्राउ पर्नु भएका चौधरी ९ वर्ष तीन महिना सम्म झापा कारगा रमा कठोर जीवन व्यत्तित गर्नुभयो ।किसान आन्दोलनका अगुवा चौधरी जीवनको उत्तरार्ध ७० वर्षको उमेरमा आफ्नो घर नभएर अरुकोमा आश्रय लिएर बसेको थाहा पाए, मन थाम्न सकिन, तिवारीले भन्नुभयो – हिजो म पनि राजनीतिकर्मी थिए , उहाँपनि राजनीति गरेकै कारण जेल पर्नुभयो ।

अहिले सहारा विहीन भएको सुन्दा आफैंलाई जोडेको जमिनको आधा भाग साढे पाँच धुर जमिन उहाँको नाममा पास गरिदिए । चौधरीलाई प्रदान गरेको जमिनको मूल्य अहिले झण्डै १५ लाख रुपैयाँ हुन आउँछ । तिवारीले निःशुल्क प्रदान गरेको जमिनमा बिर्तामोड नगरपालिकाले चौधरीका लागि घर निर्माण गरिदिन लागेको नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले बताउनु भयो ।

च्याउ खेती शुरु गर्दा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत विर्तामोड नगरपालिकाबाट दुई चरण गर्दै ८ लाख १२ हजार ४ सय ८० रुपैयाँ अनुदान रकम प्राप्त गर्नु भएका तिवारीले यो वर्ष भने नगर पालिकाले प्रदान गरेको अनुदान रकम लिनु भएन ।आफू अहिले च्याउ खेतीका लागि सक्षम व्यवसायी भएको बताउँदै तिवारीले भन्नुभयो– ‘मलाई दिने अनुदानको रकम नगरपालिकाले अरु विपन्न समुदायका नागरिकलाई लगानी गर्दै सिप सिकाएर प्रोत्साहन स्वरुप व्यवसाय गर्न सहयोग गरोस् भन्दै अनुदान रकम मैले लिइँन् ।’

बिर्तामोड नगरकै सफल उद्यमीका रुपमा नगरपालिकाले यस वर्ष पनि उहाँलाई प्रोत्साहन स्वरुप अनुदान रकम प्रदान गर्न लागेको थियो । तर, तिवारी आफैंले विपन्न समुदायको जीवन स्तर माथि उठाउन आएको अनुदान रकम दुरुपयोग नहोस् भन्दै अनुदान नलिए पछि सफल उद्यमीका रुपमा चिनिनु भएका तिवारीको चर्चा झनै चुलिएको छ । तिवारीले रमेश थापा मगरको एक विगाह जग्गा वार्षिक तीस हजार रुपैयाँमा लिजमा लिएर च्याउ खेती गरेसंगै मनग्य आम्दानी गर्न थालेपछि उहाँकोमा अहिले च्याउ खेती सिक्न आउने को कमी छैन । उहाँले आफैंले पनि अरुलाई च्याउ खेतीका लागि प्रोत्साहन गर्दै आउनु भएको छ ।

अहिले बिर्तामोड नगर पालिकामा झण्डै आठ दश जनाले व्यवसायिक रुपमा च्याउ खेती शुरु गरेका छन् । च्याउको मुख्य वजार बिर्तामोड रहेपनि आफूले उत्पादन गरेको च्याउले मात्रै बजार धान्न नसक्ने भएपछि बिर्तामोड सहित पूर्वका बजारमा भारतीय च्याउ आ यात हुन्छ ।भारतीय च्याउ विस्थापित गर्न हामीले आफ्नै ठाउँमा च्याउ खेती विस्तार गर्दै विदेसिने रुपैयाँ जोगाएर यही हामी स्वरोजगार बन्न सक्नु पर्छ तिवारीले भन्नु भयो – च्याउ खेतीका लागि कोही पनि युवा उत्सुक हुनु हुन्छ भने आउनुहोस् आफूले सिकेको सिप तपाईहरुलाई पनि सिकाइ दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्