कंलकी अण्डरपास प्रविधि अभावमा ‘दु’र्घटना एम्बुस’ बन्दै

काठमाडौं । नेपालकै पहिलो अत्याधुनिक अण्डरपास बनेपनि सो अनुरुप ट्राफिक संकेत तथा प्रविधिको प्रयोग नहुँदा कंलकी अण्डरपास दु’र्घटनाको कारक बन्न थालेको छ । केही समय अण्डरपासले ट्राफिक व्यवस्थापनलाई सहज बनाए पनि स्वयम् ट्राफिक प्रहरी अण्डरपासलाई एम्बुस बन्न थालेकोमा चिन्ता व्यक्त गर्छन् ।

तर सडक व्यवस्थापनको जिम्मे वार निकाय सडक विभाग भने सडकमा आवश्यक ट्राफिक संकेत तथा प्रविधिको विस्तारमा खासै चासो दिएको देखिदैन । चक्रपथले काठमाडौं उपत्यका निक्कै सुन्दर देखिएको छ भने नेपाल कै पहिलो अण्डरपास कंलकीमा बनेसँगै त्यसले कंलकीमा भइहेको सवारी जामलाई कम गराएको छ । चीन सरकारको सहयोगमा अण्डरपास बनेसँगै ट्राफिक व्यवस्थापनमा निक्कै सहज बनेकोमात्रै छैन चक्रपथमा हुने अनावश्यक सवारी जाम समेत हटेको छ ।

अण्डरपासबाट सवारी साधन गुड्न थालेको एक बर्षमा ट्राफिक व्यवस्थापनमा निक्कै चुस्त बनेसँगै ट्राफिक प्रहरीमा खुसी थपिए पनि केही समय देखि निरन्तर दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरी निक्कै सचेत देखिएको छ । साउनयता मात्रै अण्डर पासमा १० ओटा ग’म्भिर प्रकृतिका सवारी दु्र्घ’टनाका भएका छन् । १० वटा दु’र्घटनामा परेर तीन जनाको घ’टनास्थलमै मृ’त्यु भएको छ ।

दु’र्घटनामा परेर घा’इते भएका सात जना दैनिक जीवन यापन समेत गर्न नसक्ने गरि दीर्घकालीन अं’पाङ्ग बन्न पुगेका छन्। महानगरीय ट्राफिक प्रहरी कंलकीका प्रहरी निरीक्षक पुरुषोत्तम कार्की अण्डर पासमा हुने दु’र्घटनाले ज्या’न गु’माउनेको संख्यासँगै ग’म्भिर घा’इते हुनेहरुको संख्यामा बृद्धि भएको बताउनु हुन्छ । ‘अण्डरपामा हुने दु’र्घटनाको संख्यामा बृद्धि भएको छ ’ निरीक्षक कार्कीले बताउनु भयो ।

एक सय मिटरमा भएको दु’र्घटनामा तीन जनाको ज्यान जानु् निक्कै चुनौती पूर्ण भएको छ। अण्डर पासमा सवारी साधन हुक्याउने मात्रै हैन पैदलयात्रु् समेत अटेर गरेर हिड्ने गरेको कारण अण्डर पासमा दु’र्घटनाको जो’खिम निक्कै बढेको प्रहरीको अनुभव छ । अण्डरपासमा -याडर गनको प्रयोगले स्पिड चेक गर्दा एकसय किलोमिटरको गतिमा सवारी साधन दौडने गरेपछि ट्राफिकले १५ सय रुपियाँसम्म ज’रिवाना तिराउँदा समेत सवारी साधनहरु सुध्रन तयार देखिएका छैनन् ।

रातको समयमा अण्डरपासमा लेन नदेखिएकै कारण बुधबारको दु’र्घटना भएको प्रहरीको अनुमान छ । ‘सुरुमा मोटर साइकलले लेन मिचेर आएको देखिन्छ टिपरले पनि मोटरसाइकल जोगाउन लेन मिचेको देखिएको छ,कम्तिमा टल्कने डिजिटल लेन भैदिएको भए दु’र्घटना नहुने देखिन्छ’ कार्कीले भन्नुभयो ।

सडक विभागका महानिर्देशक केशव कुमार शर्माले छोटो दुरीमा लेन र सडक बत्तीकै कारण दु’र्घटना नहुने बताउनु भयो । ‘सडककै कारणले भन्दा पनि यात्रु र सवारी साधनको असा’वधानीले यस्ता दुर्घटना भएका हुन सक्छन्’ महा निर्देशक शर्माले भन्नु भयो । उहाँले त्यस क्षेत्रमा सडककै कारण दु’र्घटना बढेको भन्ने जानकारी सम्बन्धित निकायले आफूलाई नगरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्