बालुवाटार जग्गा प्रकरणमा म दो’षी छैन : माधव नेपाल

बिराटनगर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवासको जग्गा प्रकरणमा आफू दो’षी नरहेको प्रष्टीकरण दिएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू प्रधान मन्त्री हुँदा कुनै नयाँ मोही बनाउने र मोही दिने निर्णय नभएको दा’बी गरे ।

‘म दोषी छैन । म अप राधी होइन । म भ्र’ष्टाचारी होइन’ उनले भने– ‘म भ्र’ष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ ।’ नेता नेपालले बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा दोषी, अप राधी, भ्र’ष्टाचारी, अनु’चित काममा लागेका जोसुकै व्यक्ति भएपनि उम्कन नपाउने बताए । ललिता निवास जग्गा प्रकरणमा पार्टीगत रुपमा कसैलाई फ’साउन खोजेको जस्तो भने आफूलाई नलागेको उनको धारणा छ ।

बालुवाटार जग्गा प्रकरणमा दोषी अप राधी कसैले उन्मुक्ति पाउन नहुने भन्दै उनले आफू भ्र’ष्टाचारी नभएको बताएका हुन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै शुक्रबार उनले भने, ‘म अप राधी हैन। दो’षी हैन । भ्र’ष्टाचारी हैन। तर कसैले भ्र’ष्टाचार गरेको छ भने उसलाई का’रबाही हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्