काँग्रेस संसदीय दलका उपनेता गच्छदारको संसद् पद गुम्यो (विज्ञप्ति सहित)

काठमाडौं: संसद सचिवालयले कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारको सांसद पद निलम्बनमा परेको जानकारी दिएको छ। सचिवालयले शुक्रबार विज्ञप्ति जारी गरी भ्र’ष्टाचार निवारण ऐन अनुसार गच्छदारको पद निलम्बनमा परेको जानकारी दिएको हो। अख्तियारले गच्छदार वि’रुद्ध परेको मु’द्दाको जानकारी संसद सचिवालयलाई गराएसंगै सचिवालयले पनि सूचना जारी गरेको हो।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र यस सचिवालयमा प्राप्त हुन आएकाले प्रतिनिधि सभाका माननीय सदस्य विजयकुमार गच्छदार भ्र’ष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम २०७७/१०/२२ देखि स्वतः निलम्बन हुनुभएकोले यो सूचना प्रकाशित गरिएको छ,’ संसद सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्ति तथा संस्थाको नाममा कायम गरि हिनामिना गरेको आ’रोपमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले गच्छदार लगायत १ सय ७५ वि’रुद्ध विशेष अदालतमा माघ २२ गते मुद्वा दायर गरेको थियो। भ्र’ष्टाचार निवारण ऐन अनुसार भ्र’ष्टाचार वि’रुद्व मु’द्दा परे सार्वजनिक पद स्वतः निलम्बन हुने व्यवस्था छ। विपक्षी कांग्रेसले भने गच्छदार वि’रुद्ध राजनीतिक पूर्वाग्रह राखेर अख्तियारले मु’द्वा दायर गरेको भन्दै संसद अवरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्