संसार छो’ड्नु अघि आफ्नी आमालाई हात हल्लाएको फोटो वर्षकै उत्कृष्ट घोषित !

काठमाडौं । फोटो पत्रकार क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको आइएमई– ग्लोबल– आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले जि’तेका छन् ।चित्रकारले खिचेको हा’इड्रोसेफालुस रो’गका कारण ज्या’न गु’माएका रौतहट बरियारपुरका दुई वर्षीय बजरंगी मिश्रले आफ्नी आमालाई मृ’त्यु अघि हात हल्लाउँदै गरेको फोटो यो वर्षको उत्कृष्ट फोटो घो’षित भएको छ ।

चित्रकारले यो उपाधिबाट नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उनले अन्य दुई विधामा प्रथम र एउटा वि धामा तेस्रो स्थान हात पारेका छन् । यसैगरी सुरज श्रेष्ठको फोटो नेपाल स्माइल, गोपेन राईको फोटो डेली लाइफ विधामा उत्कृष्ट घो’षित भए । दिपेन श्रेष्ठले न्युज विधा, नभेष चित्रकारले नेचर एन्ड वाइल्ड लाइफ र सुबीर थापाले कल्चर एन्ड टुरिजम विधामा उपाधि जिते । त्यस्तै स्पोर्टस् विधाको उ’पाधि विकास द्वारेले जिते भने फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भयो ।

डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो । न्यु’ज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो । नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रो र दीपक बुढाथोकीको फोटो तेस्रो भयो ।

प्रतिक्रिया दिनुहोस्