व्यक्तिगत कुरा गर्ने हो भने नारायणकाजीले नेकपाको प्रवक्ता त्याग्नु पर्छः सांसद बस्नेत

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले व्यक्ति कुरामा रूमलिने हो भने सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताको पद त्याग्नुपर्ने बताउनु भएको छ । पार्टीको प्रचार विभाग प्रमुख समेत रहनुभएका श्रेष्ठले पार्टीको निर्णय र अध्यक्षद्धयको सन्देश बोक्नुपर्नेमा नेतृत्वप्रति कुण्ठा व्यक्त गर्न थालेपछि सांसद बस्नेतले प्रवक्ताको पद त्याग्न सुझाव दिनुभएको छ।

सांसद बस्नेतले पार्टीको हित, संगठनको हित र समाजको हित भन्दा तल व्यक्ति हित राख्नेगरी सपथ खाएको मान्छेले संगठनको हितमा बोल्नुपर्ने बताउनुभयो । उहाँले नेकपाको प्रवक्ता जस्तो मान्छेले यो बेलेमा व्यक्तिगत कुरा गर्न नपाउने तर पार्टी र देशको कुरा गर्नुपर्ने बताउनुभयो ।

सांसद बस्नेतले नेकपाको प्रवक्ता जस्तो व्यक्तिले पब्लिक कन्जप्सनका लागि जे पनि बोल्दै हिड्ने र गर्दै हिड्ने गर्नु गलत भएको बताउनुभयो। उहाँले सो क्रममा तलब नखानेभन्ने मान्छेले दैनिक जीवन कसरी चलाउछ भन्ने प्रश्न समेत गर्नुभयो । सांसद बस्नेतले तलब नलिने मान्छे कसरी जिउँछ भन्ने कुरा पारदर्शी रूपमा देखाउनुपर्ने बताउनुभयो । बस्नेतको बिचार यहाँ लिंकमा रहेको भिडियो प्ले गरेर सुन्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्