मध्यराति प्रहरी चौकीमा आ’क्रमण, असई सहित दुई प्रहरी घा’इते

काठमाडौं : सिन्धुपाल्चोकको तिपेनी स्थित प्रहरी चौकीमा मध्यराति आ’क्रमण भएको छ । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रज्ज्वल महर्जनका अनुसार शुक्रबार राति आएको एक समूहले तिपेनी प्रहरी चौकीमा आ’क्रमण गरेको हो। आ’क्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घा’इते भएका छन्।

१०-१२ वटा मोटर साइकलमा आएको समूहले प्रहरी चौकीमा एक्कासि ढुं’गामुढा गरेको प्रहरीले जनाएको छ। ‘उ’च्छृंखल समूह आएको रहेछ, तिनलाई प्रहरीले सम्झाई बुझाई गर्दा प्रहरी लाई नै आ’क्रमण गरे छन्,’ अहिले घ’टना स्थलमै रहेका एसपी महर्जनले टेलिफोनमा भने, ‘चौकी बाहिर राखिएको चिर्पट लगायतले जथाभावी प्र’हार गरेका रहेछन्।’ उनले ‘उ’च्छृंखल समूह भने पनि ती स्थानीय हुन् कि बाहिरका ?

कुन उद्देश्यले आएका थिए आदि कुरा अहिले खुलाउन नमिल्ने र अनुसन्धानमै रहेको बताए। ‘अहिले हामी व्यापक रूपमा आ’क्रम’णकारीको खोजीमा लागेका छौं, सबै कुरा खुलिसकेको छैन’ उनले भने। अन्धाधुन्द आ’क्रमण भएपछि प्रहरीले आ’त्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको थियो। असई झालाई थप उपचारको लागि काठमाडौं लगिएको छ भने हवलदार मगरको प्राथमिक स्वास्थ केन्द्र मेलम्चीमा उपचार भईरहेको छ।

आ’क्रमणमा संलग्गन मध्ये एक जना र दुइ मोटरसाइकाल नि’यन्त्रणमा लिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए। प’क्राउ पर्नेमा मेलम्ची नगपालिका-८ का सन्तोष तामाङ रहेका छन्। घ’टना लगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको क’माण्डमा थप प्रहरी तिपेनीमा गएको छ भने जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जन पनि राति नै घ’टना स्थलमा पुगेका छन्। प्रहरीले थप २ मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्