विश्वभर बढ्यो कोरोना भाइरस सं’क्रमण, शुक्रबार मात्रै ८६ जनाको मृ’त्यु

काठमाडौँ । चीनमा महामा’रीको रुप लिएको कोरोना भाइरसबाट शनिबार बिहानसम्म ७ सय २२ जनाको ज्या’न गएको छ । शुक्रबार मात्रै चीनमा ८६ जना मासिको ज्या’न गएको र हालसम्म ३४ हजार ५ सय ४६ जना सं’क्रमित भएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ । चीनमा सो भाइरसबाट सोमबार ६४, मंगलबार ६६, बुधबार र ७३, ७३ तथा बिहीबार ८६ जनाले ज्या’न गुमाएका छन् ।

यसअघि उक्त भाइरसका कारण फिलिपिन्समा एक र हङकङमा एक जनाको ज्या’न गइसकेको छ। चीन बाहिर ४० देशमा कोरोनाको प्रकोप देखिएको र उक्त भाइरसबाट कम्तिमा ४ सय जना सं’क्रमित भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । चीनपछि जापानमा सबैभन्दा बढी सं’क्रमित फेला परेका छन् । शुक्रबारसम्म जापानमा ८६ जना सं’क्रमित भेटिएका हुन् ।

यसैगरी कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र चीनमा रहेका एक सय ८० जना नेपालीलाई नेपाल फर्काउँदै छ। सरकारले ती नेपालीलाई काठमाडौँ ल्याएर छुट्टै राख्ने ठाउँको टुँगो लगाएको छ भने २ विमान तयारी अवस्थामा राखेको छ। बिहीबार मात्रै छिमेकी मुलुक भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ७ जना माल्दिभ्सका नागरिक सहित ६४० भन्दा बढी भारतीय नागरिकलाई उ’द्धार गरेको छ ।

उनीहरुलाई दुई साता छुट्टै निगरानिमा राख्न शिवपुरी स्थित नेपाली सेनाको तालिम केन्द्र, इचङ्गु नारायण स्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, कृषि तालिम केन्द्र सूर्यविनायक र भक्तपुर स्थित खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्र सहित चार स्थान छनोट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्