इन्जिनियरको बाख्रापालन आफ्नै ठाउँमा, आफ्नै गाउँमा

नवीन शिशिर विक, कात्र्तिक २६ गते। पढेलेखेका युवाको पछिल्लो पुस्ता अध्ययन तथा रोजगारीको लागि वैदेशिक यात्रामा आकर्षित छ। अधिकांश अभिभावकको चाहना पनि आफ्नो सन्तान राम्रो सुविधा तथा कमाइ भएको देश (ठूलो देश) मा गए वा पढेर स्वदेशमै जागिर गरे हुन्थ्यो भन्ने नै हुन्छ ।

सके वैधानिक बाटो नभए लुकि छिपी अ’वैध जोखिम उठाएरै भए पनि विदेश जाने हुटहुटी चलिरहेको अवस्था बागलुङ नगरपालिका–१४ नारायण स्थानका एक युवा भने इन्जिनियरको जागिर छोडेर बाख्रापालन थाल्नु भएको छ । इलेक्टा«ेनिस्क एण्ड कम्युनिकेशन इन्जिनियरिङ्गसम्मको अध्ययन सकेर जागिर गर्दै आउनुभएका हेम सागर पौडेल जागिर छोडेर बाख्रापालनमा आकर्षित हुनुभएको हो ।

इन्जिनियर पढेको छोरालाई बाख्रापालनमा लाग्न प्रेरणा दिने उहाँकै बाबुले हो । बन्दाबन्दीकै समयमा काठमाडौंबाट घर फर्कनुभएका पौडेलले यही समयलाइ उपयोग गर्दै बाख्रापालन थाल्नु भएको हो । ‘पहिले देखिनै आफ्नै उद्यम गर्ने सोच थियो’’उहाँले भन्नु भयो– ‘लकडाउन कामको लागि आँट गर्ने उपयुक्त समय बनेर आयो ।’

बाख्राको खोर निर्माण तथा बाख्रा खरिदको लागि करिब १३ लाख रुपियाँ खर्च भएको पौडेलले बताउनुभयो। हाल उहाँको खोरमा बोयर, जमुनापारी तथा स्थानीय खरी जातका गरी ४५ वटा बाख्रा छन् । उहाँले १५० वटा बाख्रा अटन सक्ने खोर तयार गर्नुभएको छ।

आफ्नै पुर्ख्यौली जग्गाको उपयोग गर्दै बाख्रा पालन सुरु गर्नुभएका पौडेलललाई परिवारका सदस्यले पूर्णरुपमा साथ दिएका छन् । भारतीय सेनाका पेन्सनर बुवाकै सुझाव अनुसार कृर्षी कर्ममा लाग्नुभएका पौडेलले बाख्रासँगै तरकारी खेतीमो समय सोच बनाउनु भएको छ । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्