भाइटीकाकाे दिन दु,र्घटना, एक सञ्चारकर्मी युवतीको मृ,त्यु

दाङ । दाङमा भाइटिकाकै दिन दाजुले चलाएको मोटरसाइकल दु,र्घटनामा परेर बहिनीको मृ,त्यु भएको छ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका –१९ बिजौरी निजासी सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दु,र्घटनामा परी आज अपराह्न मृ,त्यु भएको हो ।

बिजौरीबाट उनी कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटर साइकललाई तुलसीपुरको गुल्म चोकमा लुअअक ३९४६ नम्बरको स्कार पिओ गाडीले ठ,क्कर दिँदा मोटरसाइकल चालक विराज लामिछाने र उनकी बहिनी मनिषा घा,इते भएका थिए । दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो ।

मनिषाको उपचारका क्रममा नि’धन भएको प्रहरीले जनाएको छ। मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिक पदमा कार्यरत रहेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ठ,क्कर दिने गाडी र चालक अहिले नियन्त्रणमा रहेको बताए । घा,इते बिराजको भने कोहलपुरमै उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्