भ्रष्टाचार वि’रूद्ध बोल्दा मेरो मन्त्री पद गुम्यो : पूर्वमन्त्री तामाङ

सिन्धुपाल्चोक : पूर्वकानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भ्रष्टाचार वि’रुद्ध बोल्दा आफ्नो मन्त्री पद गुमेको बताएका छन् । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले शनिबार आजना गरेको सभामुख अग्नि प्रसाद सापकोटा को बधाई कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांसद रहेका तामाङले भ्रष्टाचार वि’रुद्ध अभियानमा लाग्ने क्रममा आफुले पद गुमाउन परेको जिकिर गरेका हुन्।

बालुवाटार स्थित ललिता निवास बेचेर खाने धेरै रहेका बताउँदै भ्रष्टाचार वि’रुद्धको मु्द्दाको फाइल खोल्न आवश्यक रहेको बताए। भ्रष्टाचार नियन्त्रणका लागि ठूलादेखि साना सबैले भ्रष्टाचारीको पर्दाफास गर्न आग्रह गरे ।यस अघि बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि मन्त्री तामाङ सर्वाधिक विवादमा तानिएका थिए ।

उनले डा. गोविन्द केसीको आन्दोलन गलत रहेको पुष्टि गर्ने नाममा बोल्ने क्रममा बंगलादेशमा एमबी बीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न परेको जस्ता आ’पत्ति जनक अभिव्यक्ति दिएका थिए । उनको त्यही अभिव्यक्ति उनी आफ्नै लागि गलपासो साबित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्