भारतीय निर्वाचन आयोगले सोनुलाई पन्जाबको ‘आइकन’ का रुपमा नियुक्त गर्‍यो

मुम्बई । प्रवासी मजदुर, विद्यार्थी, बिरामी, फ्रन्टलाइन कामदार र खाँचोमा परेकाहरुका उद्धार गरेर राष्ट्रिय सम्मान र धेरैका प्रेरणा बनेका अभिनेता सोनु सुदले आफ्नो पोल्टोमा अर्को एउटा उपलब्धि पार्न सफल भएका छन् । अभिनेता सुद लाई भारतको निर्वाचन आयोगले पन्जाबका लागि राज्य ‘आइकन’ का रुपमा नियुक्त गरेको छ ।

सुद पन्जाबको सानो सहर मोगामा जन्मिएका हुन् । यसबारे सोनु भन्छन्, “म यो सम्मानका लागि निकै आभारी छु । पन्जाबमा जन्मिएको मलाई यो नियुक्ति पाँउदा भावनात्मक हिसाबले धेरै ठूलो हो । मेरो राज्यलाई गौरव महसुस गराउन पाउँदा म निकै खुसी र प्रेरित भएको छु ।”

प्रवासी मजदुर, विद्यार्थी, बिरामी, फ्रन्टलाइन कामदार र खाँचोमा परेकाहरुका उद्धार गरेर राष्ट्रिय सम्मान र धेरैका प्रेरणा बनेका अभिनेता अभिनेता सुदलाई भारतको निर्वाचन आयोगले पन्जाबका लागि राज्य ‘आइकन’ का रुपमा नियुक्त गरेको हो । सुद पन्जाब को सानो सहर मोगामा जन्मिएका हुन् । स्रोत : बलिउड हंगामा

प्रतिक्रिया दिनुहोस्