नेपाल-भरत सिमाना खोल्नु पर्ने भन्दै स्थानीय जनप्रतिधिहरु ध’र्नामा

मलंगवा : नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग राख्दै सर्लाही सदरमुकाम मलंगवास्थित स्थानीयहरुले सिमाना नजिकै पुगेर धर्ना दिएका छन। मलंगवा सोनवर्षा सीमा नजिकै बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा धर्ना दिएका हुन् । भारतसँग सिमाना जोडिएका नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्ष, प्रदेश सभा सदस्यहरु प्नि धर्नामा छन् ।

चाडपर्व र विहे बारीको समयमा नाका बन्द हुँदा सीमा नजिकैका स्थानीयहरुको जनजीवन प्रभावित भएको भन्दै उनीहरुले नाका खोल्नु पर्ने माग राख्दै धर्ना दिएका हुन् । सरकारलाई ध्यानाकर्षण गराउन धर्ना कार्याक्रमको आयोजना गरिएको सर्वपक्षीय जिल्ला संघर्ष समिति सर्लाहीका संयोजक एवं जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिएका छन् ।

चाडपर्वको समयमा सीमानाका बन्द हुँदा सीमा आसपासका बासिन्दाहरुको जनजीवन प्रभावित भएको सभापति चौधरीले बताएका छन। पटकपटक नागरिक समाजहरुले नाका खोल्नका लागि आग्रह गर्दा कुनै सुनुवाइ नभएपछि बाध्यभएर संघर्ष समिति बनाएर आन्दो लनमा उत्रिनु परेको चौधरीले गुनासो गरे । ‘सरकारले कोरोना महामारीको नाममा जनतालाई दुख दिने काम गरेको छ ।

धर्ना कार्यक्रमबाट कुनै सुनुवाइ भएन भने आन्दोलनको अर्को चरणको कार्यक्रम गर्नेछौँ’ चौधरीले बताए। सिमानाका खोल्यो भने कोरोना भित्रिने भन्दै सरकारले अघोाषित नाकाबन्दी गरेको प्रदेशसभा सदस्य अशोक यादवले आरोप लगाएका छन। मुख्य नाका खोल्यो भने कोरोना भित्रिन्छ भनेर सरकारले सीमा नाका बन्द गरेको छ । तर, प्रहरीको अगाडि नै चोरबाटो भएर दिनहुँ हजारौं मानिस भारतबाट नेपाल र नेपालबाट भारत आवत जावत गरिरहेका छन् । अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्