जोखिम नभएका र कम हुँदै गएका जिल्लामा आलोपालो प्रणालीबाट विद्यालय खोल्न दिइने

काठमाडौं, २ मंसिर । सरकारले कोरोना जो’खिम नभएका र जोखिम कम हुँदै गएका जिल्लामा आलोपालो सिफ्ट प्रणालीबाट विद्यालय खोल्न दिने निर्णय गरेको छ । ‘विद्यालय सञ्चालन स’म्बन्धी कार्या ढाँचा २०७७’ जारी गरी स्थानीय तह मार्फत विद्यालय सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति दिएको हो ।

‘मन्त्रिपरिषदको मिति २०७७ असोज २२ गतेको निर्णयबाट कोभिड–१९ को जो’खिम नभएका र जोखिम कम हुँदै जाने स्थानीय तहमा आलोपालो सिफ्ट लगायतका उपयुक्त मोडालिटी अपनाई विद्यालय पठन पाठन सञ्चालन गर्न गराउन सैद्धान्तिक स्वीकृति दिइएको छ’ कार्या ढाँचामा भनिएको छ। मन्त्रालयले विद्यालय सञ्चालन र २०७६ चैत्रमा स्थगित भएको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२)को पूर्णरूपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विधि,पद्धति र प्रक्रिया र अन्य आवश्यक व्यवस्था मिलाई सञ्चालन गर्न पनि कार्यढाँचामार्फत अनुमति दिएको छ ।

कार्याढाँचाअनुसार विद्यालय बन्द गर्ने अवस्था आएमा विद्यालयले ब’न्द गर्नुपर्नेछ । यस्तै, सबै स्थानीय तहलाई विद्यालयलाई क्वारेन्टाइन स्थल वा आइसोलेसन सेन्टरको रुपमा प्रयोग गरेका विद्यालयहरु भए क्वारेन्टाइन वा आइसोलेसन सम्बन्धी कार्यहरु हटाई विद्यालय भवन र परिसर निर्मलीकरण गर्न निर्देशन दिएको छ । कार्यढाँचा अनुसार हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्