यस्तो ड’रका कारण जापानकी राजकुमारीको फेरि बिहे भएन, ३ वर्षदेखि रोकिएको छ बिहे

काठमाडौं। जापानकी राजकुमारी माकोले एक पटक फेरि बिहे सारेकी छिन् । पहिलो पटक २०१७ मा गर्ने बिहे सारेकी राज कुमारीले अहिले हुने बिहे फेरि सारेकी हुन् । जापानी राजकुमारीले यसरी पटक–पटक बिहे सार्नुलाई उनको शाही उपाधि खोसिने ड’र कारण हुन सक्ने मानिएको छ ।

जापानको कानुन अनुसार जापानको शाही परिवारको कुनै पनि सदस्यले आम सर्वसाधारणसँग बिहे गरेमा शाही उपाधि र सुविधा खोसिन्छ ।डेलीमेलका अनुसार राजकुमारी माको करिब ७ वर्ष अघिदेखि केइ कोमुरोसँग प्रेममा छिन् । केइ कोमुरो पेसाले पर्यटन व्यव सायी हुन् । राजकुमारी माकोले सबैभन्दा पहिले २०१७ मा कोमुरोसँग बिहे गर्ने बताएकी थिइन् ।

त्यस पछि २०१८ को डिसेम्बरमा उनीहरुको बिहे हुने तय भएको थियो । त्यो बिहे पनि सरेर अहिले २०२० मा बिहे हुने तय भएको थियो । तर, अहिले हुने भनिएको बिहे पनि राज कुमारी माकोले सारेकी छिन् । राजकुमारी माको र केइ कोमुरोको प्रेम २०१३ मा उनीहरुले साथमा टोक्यो इ’न्टरनेशनल क्रि’स्चियन युनिभर्सिटीमा पढ्दादेखिको हो । त्यहाँको पढाइ सकेपछि राजकुमारी माको थप अध्ययनको लागि बेलायत गइन्, कोमुरो जापानमै बसे तर उनहिरुको प्रेम कायमै रह्यो ।

कोमुरोसँगको बिहे सारेपछि राजकुमारीले यस समय भविष्यको योजनाको बारेमा केही भन्न निकै क’ठिन भएको बताएकी छिन् । यद्यपि उनले जारी गरेको वक्तव्यमा आफूहरु प्र’तिस्थापन गर्न नमिल्ने भएको बताएकी छिन् ।यसअघि जापानको शाही परिवारमा पछि ल्लो पटक राजकुमारी माकोकी फुपु सयोकाको राजकुमारी उपाधि खो’सिएको थियो ।

राजकुमारी सयाकोले २००५ मा सर्वसाधारणसँग बिहे गरेपछि उनको शाही उपाधि खोसिएको थियो। जापानको यो जिनयम वि’वादित पनि रहँदै आएको छ किनकि शाही परिवारबाहिर बिहे गर्ने पुरुष सदस्यको शाही उपाधि खोसिँदैन र महिला सदस्यको मात्रै उपाधि खो’सिन्छ । राजकुमारी माकोका पिता राजकुमार फुमिहितोले आफ्नी छोरीको विवाह हुन्छ वा हुँदैन भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्