पार्टीले लिखित आरोप लगाइसके पछि ओली हट्नै पर्छ : डा. बाबुराम भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट हटाउनैपर्ने बताएका छन् । सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसके पछि उनलाई हटाउनु पर्ने तर्क बाबुरामले अघि सारेका हुन् ।

उनले नेकपाको झ’गडा कसरी टुंग्याउने भन्ने कुरा उसको भए पनि राज्य र जनताका मु’द्दा प्रतिपक्षी दल र जनताले उठाउनै पर्ने बताएका छन् । बाबुरामले ट्वी’टर मार्फत् नेकपाको किचलो र पछिल्ला घ’टना क्रम बारे टिप्पणी गर्दै राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।

बाबुरामले लेखेका छन्, ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है:१.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन; २.ओली सरकारको असफलता/ भ्र’ष्टाचार वारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’

प्रतिक्रिया दिनुहोस्