दसैं-तिहार मनाउँदा आमाको वि’रासत सम्हाले जस्तो लाग्छ : नायक नाजिर हुसेन

काठमाडौं: हि’न्दु आमा र मु’स्लिम बुबाका सन्तान नाजिर मु’स्लिम र हि’न्दु दुई फरक संस्कारमा हुर्के। नाजिरलाई याद छैन, उनले कहिलेदेखि रमजानको वर्त बस्न थाले, अनि कहिलेदेखि दसैं-तिहारको टीका लगाउन थाले। उनलाई रम जान जत्तिकै महत्वपूर्ण लाग्छ हिन्दुका चाडपर्व दसैं-तिहार पनि।

‘मलाई याद भएदेखि दसैं-तिहारमा मामाघर गएर टीका लगाउँदा मख्ख पर्थेँ,’ उनले आफू ५/६ वर्ष हुँदा देखि नै टीका थापेको सम्झनामा भने, ‘दसैं-तिहार भन्नासाथ ममा भिन्नै ऊर्जा आउँछ ।’ अहिले पनि नाजिर दसैंमा मामाघर जाने, तिहारमा टीका लगाउने कुराले रोमाञ्चित हुन्छन्। नाजिरकी आमाको नि’धन भएको ९ वर्ष भयो। त्यसयता दसैं-तिहारका बेला उनलाई आमाको सम्झनाले बढी पछ्याउँछ।

अनि उनी आमाको धर्म पनि पछ्याइरहेका छन्। भन्छन्, ‘मलाई हि’न्दु धर्म मान्न कसैले कर गरेन। कुनै करपनि छैन। तर यी पर्वहरूले मलाई आमाको याद दिलाउँछ। आमाको वि’रासत सम्हालिरहेको छु भन्ने अनुभूति हुन्छ।’ नाजिरका बुवा पहिले प्रहरी सेवामा थिए। काठमाडौं, सामाखुसीमा डेरा गरेर बसेको बेला त्यहीँ क्षत्री थरकी युवतीसँग उनको प्रेम बस्यो। त्यो प्रेम स’म्बन्ध विवाहमा बदलियो।

हि’न्दु भएर मु’स्लिमसँग बिहे गरेको समाजलाई सजिलै पच्ने कुरा भएन। उनीहरू पाल्पा पुगे। पछि बाराको डुमरवाना। घरको कान्छो छोराका रूपमा नाजिर त्यहीँ जन्मेका हुन् । तर उनी सानै छँदा बुवा-आमाको सम्बन्ध टुट्यो। नाजिर आमासँग बसे । ‘सानै देखि आमासँग बसेको हुनाले उहाँले जे-जस्तो गर्नुहुन्थ्यो मैले पनि त्यहीँ सिक्दै गएँ,’ नाजिर भन्छन्, ‘बिहेपछि उहाँले मु’स्लिम धर्म मान्नुभयो। सँगसँगै हि’न्दु चालचलन पनि पछ्याउन छोड्नु भएन।’

गाउँमा तीन घरपर राई परिवार थियो। माइतीतिर सहजै स्वीकार नहुने भए पछि नाजिरकी आमाले बस्तीका त्यही राई घरलाई आफ्नो माइती बनाइन्। अर्थात्, उनले भाइटीका गर्न थालिन् । नाजिरका अनुसार ३७ वर्षअघि उनकी आमाले लिलाराम राईसँग भाइटीका लगाएकी थिइन्। अहिले नाजिर तिनै मामाकी छोरीहरूको हातबाट भाइटीका लगाउँछन्।

‘दसैं-तिहार भन्नेबित्तिकै खेतमा धान काट्ने समय पर्छ। धान काटेपछि त्यसको जराबाट फेरि टुसा पलाएको स-साना धान हेर्न कस्तो रमाइलो लाग्छ,’ खुसी साट्दै उनले भने, ‘तराईको फाँटमा बिहानै घामको किरणमा दुबो र ती टुसामा शीत लागेको देख्दा खुब रमाइलो लाग्छ।’ यसपालि दसैंमा पोखरा गएकाले गाउँको लिङ्गे पिङ ‘मिस’ गरेको भने उनी थकथक गर्दैछन्, अझै पनि।

यसरी २९ वर्षदेखि मुस्लिम घरमा जन्मेर हिन्दु संस्कृति र दर्शन पछ्याइरहेका नाजिर आफ्नो अनुभवबाट धेरै कुरा सिक्न बुझ्न पाएको बताउँछन्। भन्छन्, ‘आमाबाट पाएको संस्कार र संस्कृति मानिरहेको छु । र, यो अभ्यास आमाको माया र उहाँप्रति मेरो सम्मान पनि हो।’ सेतोपाटिमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्