सेनालाई झन् शक्तिशाली बनाइँदै संसदमा विधेयक दर्ता

काठमाडौंः नेपाली सेनामातहत छुट्टै गुप्तचर विभाग बनाउने गरी सरकारले सैनिक ऐन संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका तर्फबाट शुक्रबार संसदमा सचिवालयमा दर्ता गरिएको विधे यकमा सैनिक गुप्तचरीलाई सशक्त बनाउन छुट्टै विभाग गठनसहितको नियमावली बनाउने प्रस्ताव रहेको छ।

ऐनको दफा १४३ को खण्ड (ढ) मा प्रस्ताव गरिएको नयाँ व्यवस्थाअनुसार (इन्टेलि जेन्स गुप्तचर) सेवा गठन तथा सञ्चारसम्बन्धी विषय तथा इन्टेलि जेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फन्ड (सुराकी खर्च) बाट खर्च भएको रकम र भैपरी आउने कामका लागि भएको रकम मिनाहासम्बन्धी विषय भन्ने उल्लेख छ। राष्ट्रिय अनुसन्धान विभाग (राअवि)को अनुरोधलाई नसुनी सरकारले सेनाभित्र शक्तिशाली गुप्तचर विभाग गठन गर्ने गरी सैनिक ऐन २०६३ संशोधन गर्न लागेको हो।

नेपाली सेनाले निवृत्तिभरण(पेन्सन)को सेवा अवधि घटाउने भएको छ । तल्लो तहका सैनिकको मागअनुसार सेनाले रक्षा मन्त्रालयमा पेन्सनको सेवा अवधि घटाउने प्रस्ताव पठाएको हो। तल्लो तहका सैनिकले निवृत्ति भरणको सेवाअवधि १६ वर्ष बनाउन माग गरेपछि सेनाले सोहीअनुसार ऐन संशोधनका लागि रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । हाल पेन्सन लिएर निवृत्तिकरणका लागि २० वर्ष सेवाअवधि पुग्नुपर्ने प्रावधान छ ।

सरकारले सबै निकायमा सेवा अवधिको उमेर एकरुपता बढाइ २० बनाएको थियो । सेना तथा प्रहरीमा पेन्सनको अवधिलाई १६ बनाउन माग हुँदै आएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले मागअनुसार नै आफूले रक्षा मन्त्रालयमा त्यस सम्बन्धि पत्राचार गरेको जान कारी दिए । ‘विगत केही वर्ष देखि पदीक तथा अन्यदर्जाबाट सबै तहको रोलकल र अन्तर क्रियाका दौरान नियमित उठान हुने गरेको निवृत्ति भरण सेवा अवधि घटाउने प्रक्रिया निकै अघि बढेको छ, यस सम्बन्धमा जङ्गी अड्डाका तहबाट लेखापढी गरी स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गरिसकिएको छ’l

उनले भनेका थिए, ‘बरु कल्याणकारी कार्यलाई कसरी थप प्रभावकारी बनाउनु पर्दछ र विदेश जानुपर्ने बाध्यताबाट कसरी छुट्कारा पाउन सकिन्छ भन्ने लगायतका पक्षमा सोच्नु हुन र सुझाव प्रस्ताव गर्नुहुन म सबैमा अनुरोध गर्दछु स्वेदशमे रमाउनु, घर परिवारको सामिप्यमा रहनुको मज्जा नै अर्कै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्