राजा फाल्नेहरू नै ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्र’दर्शनमा उत्रिए

धनगढी : राजा फालेर संघीय गणतन्त्र स्थापन गर्न २०६२/०६३ जन आ’न्दोलन गर्ने प्रमुख राजनितिक पार्टीका कार्यकर्ता अहिले ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्र’दर्शनमा उत्रिन थालेका छन्। देशका प्रमुख राजनीतिक पार्टीभित्र आन्तरिक विवाद र सत्ताको खिचातानी चलिरहेका बेला राजा फाल्न आ’न्दोलनका सहभागी भएका कार्यकर्ता नै राजतन्त्र स्थापनको माग गर्दै प्र’दर्शनमा सहभागी भएका छन्।

बिहीबार सुदूर पश्चिम प्रदेशको राजधानी धनगढीमा हि’न्दु राष्ट्र पुनःस्थापना तथा राजतन्त्र स्थापनको माग गर्दै सुदूर पश्चिम स्वतन्त्र देशभक्त समाजले कैलालीमा आयोजना गरेको बृहत् मोटरसाइकल र्‍यालीमा अधिकांश कम्युनिष्ट र कांग्रेसका कार्यकर्ता सहभागी थिए । ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो शान, प्राण भन्दा प्यारो छ’ भन्दै गरिएको बृहत् प्रदर्शनमा युवाहरुले मोटरसाइकल र्‍या’ली निकालेका थिए।

धनगढीबाट निस्केको भी’ड अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोण सभामा परिणत भएको थियो । हि’न्दु राष्ट्र पुनः स्थापना, संघीयता खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको माग सहित प्रदर्शन गरिएको आयोजकले बताएको छ। अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आ’रोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्र’ष्टाचार, अनियमितता, का’लो बजारी बढेकाले यस वि’रुद्ध प्र’दर्शन गरिएको समाजका संयोजक रवीन्द्र कार्कीले बताए। धनगढी देखि अत्तरियासम्म गरिएको प्रदर्शनमा एक सय भन्दा बढी चारपांग्रे सवारी साधन सहित तीन हजार हाराहारी मोटरसाइकल सहभागी भएका थिए। थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस्