बुढी म आउदै छु भनेर मलेसियाबाट फोन गरेर घर आउँदा श्रीमती अर्कैसँग टाप, श्रीमान धरधरी रोए

काठमाडौं : नेपालको अर्थतन्त्र अहिले रेमि टेन्सले धानेको छ। नेपाली युवाहरुले विदेशमा गएर दुख गरेर कमाएको पैसा रेमिटेन्सको रुपमा कतै राम्रो काममा पनि प्रयोग भएका छन्। जसले नेपालीहरुको जिवन स्तर उकासेको छ। तर केही युवाहरुको भने विल्लिबाँठ भएको छ । परिवारका लागि विदेशमा दुख गरेर कमाएको पैसा बोकेर आफ्नै श्रीमती हिनिदिए पछि उनीहरुको जिवन उजाडिएको छ ।

पछिल्लो समय त्यस्ताथुप्रै उदाहरण हाम्रा सामु सार्वजनिक भएको छ। यहाँ पनि त्यस्तै एउटा दुखद खबर छ। विदेशमा दुख गरेर शुकलाल लाखौं रुपैया जम्मा गरे। विदेशवाट श्रीमतीलाई आफुले कमाएको रकम नेपालमा खुरुखुरु पठाए। श्रीमतीले घर परिवार धानेर बसेकी छ, घर ब्यवहार मिलाउँछे भनेर आफुले खाइनखाई जम्मा पारेको पैसा पठाउने गरेका थिए । आफ्नो नाममा एक पैसा पनि राखेनन् ।

जब अब त परिवार लाई ब्यवस्था गर्न यति रकम भएपछि पुग्छ भन्ने ठानेर उनी नेपाल फर्किए श्रीमती घरमा थिइनन्। आफुले वर्षौ सम्म कमाएको सम्पत्ती पनि थिएन। त्यस्तै घटना अर्को पनि छ । मकवानपुरका शुकलाल केही वर्ष देखि वैदेशिक रोजगारीका लागि मलेसिया थिए । उनी आफु नेपाल आउनु अघिल्लो दिन श्रीमतीलाई म भोली नेपाल आउँछु मलाई लिन विमानस्थल आउनु भनेर भने ।

तर श्रीमतीले म आउन पाउँदिन छोरालाई पठाउँछु भनिन् । छोरासंग उनी घर पुगे तर घरमा श्रीमती थिइनन् । सुनिता पाख्रिन उनको श्रीमती अहिले सम्म सम्पर्कमा छैनन्। शुकलाल अहिले २७ दिन देखि श्रीमतीको खोजीमा छन्। उनले प्रहरीमा पनि उजुरी दिएका छन् तर अहिले सम्म उनको श्रीमती कहाँ छन् भन्ने थाहा हुन सकेको छैन । उनी जनवरी १० तारिखमा नेपाल आइपुगेका थिए ।

अहिले श्रीमती लामो समय देखि सम्पर्कमा नआएपछि उनलाई छिमेकीलाई पनि केही कुरा सुनाएका थिए । छिमेकीले श्रीमती घरमा हुँदा एक जना ब्यक्ति घरमा आइरहने गरेको बताएका थिए। त्यही भएर उनले श्रीमती अरुसंग गएको हो की भन्ने शंका लागेको छ । उनले यतिञ्जेल सम्म श्रीमतीलाई शंका समेत नगरेको बताए । त्यही भएर उनले श्रीमती हराएको भनेर प्रहरीमा उजुरी दिएका छन् । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्