त्यसपछि गोपाल मा’ग्ने भए, बिस्तारै सडक नै उनको संसार भयो !

काठमाडौं : ५८ वर्षीय गोपाल परियार खुला मञ्चमा बाँडेको खानामा निर्भर हुन थालेको ४ महिना भयो। यही खानाकै भरमा सास धानिरहेको उनी सुनाउँछन्। ‘यहाँ खाना नपाएको भए त म मर्थेँ हजुर’ गोपाल दुखेसो पोख्छन्। उनी सुन्धारा को सडकपेटीमा लुगा सिलाएर जीवन चलाउँथे। दिनभरि काम गर्थे। होटलमा खाना खान्थे।

सडकपेटीमा सुतेर रात कटाउँथे। विगत सात वर्ष देखि यसरी नै घिस्रिरहेको थियो गोपालको जीवन । गत फागुनमा उनको लुगा सिलाउँने मेसिन चोरी भयो। उनको दाहिने हात दुखिरहन्थ्यो गत फाल्गुन ७ गते धेरै नै दुखेपछि उनी अस्पताल गए । डाक्टरले हातको सामान्य जाँच गरेपछि खाने औषधि लेखिदिए। औषधि बोकेर मेसिन राखेको ठाउँमा आउँदा मेसिन थिएन। उनी छाँगाबाट खसेजस्तै भए।

कसले लग्यो होला मेसिन? गोपाल अन्योलमा परे। उनले सात वर्षदेखि चिन्दै आएका ‘हप्पु’ नाम गरेका व्यक्तिले चोरेको अनुमान लगाए तर आफ्नै आँखाले नदेखेकाले किटेरै भन्न सकेनन्। जीवन धान्ने एउटै आधार त्यही मेसिन थियो। त्योपनि चोरी भएपछि उनको जिन्दगी झन् अनिश्चित बन्यो। अर्काे मेसिन किन्न पुग्ने पैसा पनि थिएन, गरिखाने अरु सिप पनि थिएन। गाह्रो, गह्रँगो काम गर्न ज्यान बुढो भइसकेको थियो।

के गर्ने कसो गर्ने अलमलमा परे उनी। के गर्ने कसो गर्ने भन्दैमा एक महिना बित्यो। को’रोना संक्रमणको ‘जोखिम भएको भन्दै सरकारले लकडाउन सुरु गर्‍यो । आफूसँग भएको अलिअलि पैसाले केही दिन काम चलाए । ल’कडाउन खुलिहाल्ला र केही उपाय लाग्ला भन्ने आशमा दिन बित्दै गयो। चिनेका केही होटलमा उधारो खान थाले। ‘कमाउने आधार छैन कतिदिन दिउन् होटलले खान ?’ गोपाल प्रश्न तेर्स्याउँछन्, ‘आफैंलाई लाज लागेर जानै सकिन ।’ सबै होटलमा गरेर खाएको १५ हजार तिर्न बाँकी रहेको उनले सुनाए।

कुनै विकल्प नदेखेपछि उनी संकटा मन्दिरको छेउमा माग्न बसे । तपाईंका कोही आफन्त छैनन् ? यो प्रश्न सुन्नेबित्तिकै गोपाल विगत कोट्याउन तम्सिए। कुनै समय उनीसँग राम्रो व्यवसाय थियो । माया गर्ने श्रीमती थिइन् अनि बा भन्दै अघिपछि लाग्ने सन्तान पनि । नियतिका केही खटन र आफ्नै केही कमजोरीका कारण गोपाल सडकमा आइपुगे र बिस्तारै सडक नै उनको संसार भयो। फरकधारमा कमल विष्टले लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्