हेपाइका झ’र्रा शब्द खे’पेकी झुप्री भन्छिन- ‘आँखा दे’ख्‍ने भए, मलाई हे’प्‍ने समाज हेर्ने थिएँ’

राजु पौडेल,काठमाडौं : झुप्री भण्डारी, यो नाममै गाउँघर मगमगाउँछ। अछामको दुरदराजको झुप्रो घरमा जन्मिएकी उनै झुप्री एक ‘रियालिटी शो’बाट रातारात चर्चित बनिन्। जीवनभर दु:ख र आँसुलाई साथी बनाएकी झुप्रीले ‘सुदूर पश्‍चि मको अछाम बाट काठमाडौं सम्म पुग्छु’ भन्‍ने कहिल्यै सोचेकी थिइनन्। दु:खलाई साथी बनाएर बाँचिरहेकी झुप्री घर, आँगन र बारीका डिलमा सुस्ताउँदै सुरिलो भाकामा गीत गाइरहन्थिन्।

उनले भाका हाल्ने हरेक गीतमा दु:ख र बेदनाका सागर बगिरहन्थे। झुप्रोमुनि बाँचिरहेकी झुप्रीले एउटा सांगीतिक रियालिटी शोका कारण काठमाडौंसम्म पखेंटा फैल्याउन पाइन्। देशका फरक क्षेत्रबाट फरक क्षमताका स्वरबीच हुने एउटा सांगीतिक ‘रियालिटी शोले झुप्रीको जीवनमा नसोचेको परिवर्तन ल्याइदिएको छ। ‘रियालिटी शो’बाटै आफूलाई देशभर चिनाएकी झुप्रीको आवाजमा एक प्रकारको जादु नै छ।

उनले जब आफ्ना दु:खदर्दलाई सुरिलो स्वरमा ढाल्छिन्, जोकोहीका आँसु रसाउँछन्। झुप्री जस्तै एउटा कुनामा लुकेका प्रतिभालाई केही वर्षयता नेपालमा चलेका रियालिटी शोहरुले दुनियाँमाझ ल्याइदिँदैछन्। केही समयअघि ‘द भ्वाइस अफ नेपाल’मा छाइन् झुप्री। आफ्नो दु:खको कथा लिएर आएकी उनले अरुलाई पनि रुवाइन्। ‘भ्वाइस अफ नेपाल’को ‘ब्लाइण्ड अडिसन’मा दु:ख भरिएको मौलिक गीतमा गुञ्जिएकी उनले धेरैको मन जितिन्।

करुणाले भरिपुर्ण गीत गाउँदा जजका पनि आँखा रसाए । ‘ब्याटल राउण्ड’मा उनी गीतको लयसँग बग्‍न सकिनन् । अनि प्रतिस्पर्धाबाट बाहिरिँदै घर फर्किइन्। रियालिटी शोमा झुप्री जस्ता आउँछन्, क्षमता देखाउँछन् । केही दिन मिडिया र सामाजिक संजाल चर्चा बटुल्छन्। अनि उनीहरुको चर्चा र खोजी बिस्तारै सेलाउँदै जान्छ। त्यसपछि उनीहरु पुरानै अर्थात गु’मनाम जीवनमा पुग्छन्। कसैले खोज्दैनन्।

झुप्रीले जीवनमा दुईवटा सपना देखेकी थिइन्। एक गीत ‘रेकर्ड’ गरेर गायिका बन्‍ने, अर्को आफ्नै आँखाले संसार देख्‍ने। अछामको ठुलासैन बजारबाट केही परको गाउँमा पर्छ उनको घर। उनी माहिली छोरी हुन्। ३०वर्ष निराशामा बाँचेको एउटा मान्छे अब जीवन को खोजीामा निस्केको छ। जीवनदेखि निराश बनेर तीन पटक विष पिइन्। सायद हेपाइ सहँदा सहँदै शरीर पनि यति क’ठोर बनेछ कि मुसा मार्ने औषधिको डो’जले काम नै गरेन।

उनले देखेका सपनामध्ये पहिलो पूरा गरेकी छिन्। दोस्रो सायदै यही जीवनमा पूरा होला। भन्छिन ‘मरिकन जानु पैली आफ्नाइ आँखाले यी हेलागर्ने र माया गर्ने मान्छेकन हेर्न्या रहड छ। ‘ ‘भ्वाइस अफ नेपाल’मा आउनुअघि झुप्री समाजको नजरमा आँखा नदेख्‍ने क्षमताहीन नारी थिइन्। उनले समाजको चरम हे’पाइ खेप्दै हुर्किइन्। कुरा बुझ्ने भएपछि उनले समाजबाट झनै ति’रस्कार र हे’पाइ खेप्‍नुपर्‍यो।

बाटोमा कसैले झुप्रो भन्दा पनि हेपेरै बोलाएको जस्तो लाग्छ उनलाई। जीवनको आधा उमेर उनले समाजबाट हेपाइ बाहेक अरु केही पाइनन्। अबहेलना र ति’रस्कारका पहाडसँग पौंठेजोरी खेल्दै बाँचि रहेकी उनका लागि काठमाडौं कहिल्यै पूरा नहुने सपना जस्तो थियो। जब ‘भ्वाइस अफ नेपाल’ आयो। अशक्त, कमजोर, एउटी अवाला नारीको बिल्ला भिराइएकी झुप्रीको स्वरले उनैलाई हेप्‍ने पनि मन्त्रमुग्ध भए।

उनलाई आफ्नो घर छ भन्‍ने थाहा थियो। दुनियाँ अध्यारो छ भन्‍ने थाहा थियो। मलाई हेप्‍ने समाज छ भन्‍ने थाहा थियो । भ्वाइस अफ नेपालमा आएपछि यही समाजमा माया गर्नेहरू पनि रहे छन् भन्‍ने अनुभव गरिन् उनले। जुन उनका लागि कल्पना बाहिरको कुरा थियो। झुप्रीका लागि बसमा चढेर काठमाडौं आउनु त लावण्य देशको राजकुमार भेटे जस्तै थियो। भ्वाइसमा आउँदा उनले जीवनमै पहिलो पटक बस चढिन्।

काठमाडौंमै पहिलोपटक पाइला टेकिन्। आफ्नो क्षमता पहिलोपटक दुनियाँलाई देखाइन्। क्षमता भएर पनि नाजुक महिलाको पहिचान पाएकी उनी क्षमतावान महिलाका रुपमा चिनिइन्। ‘ब्लाइण्ड अडिसन’का लागि पनि उनलाई काठमाडौं आउने रहर थिएन् । उनी सोच्थिन्, ‘मेरो को छ र? काठमाडौं जानलाई।’ समाजबाट कमजोर बनाइएकी उनीमा त्यो सोचाइ आउनु स्वभाविक थियो।

जीवनमा अनेक हण्डर खाएकी उनले त्यसअघि कहिल्यै तिम्रा लागि हामी पनि छौं भन्‍नेसुन्‍न पाएकी थिइनन्। उनी काठमाडौं आइन्। ‘ब्लाइण्ड अडिसन’ दिइन्। केही दिन त्यही टिमसँग बस्‍ने अवसर पाइन्। उनी सम्झिन्छिन्, ‘फरक फरक ठाउँका मान्छ्या भेटियाँ । तिनीहरुले गर्याको ब्याबहारले मुलाई झन्झन् सजिलो हुन लाग्यो। यतिधेरै माया मुलाई को गर्देला?’ त्यसपछि उनलाई म पनि केही हुँ है भन्‍ने लाग्‍न थाल्यो।

घर गाउँमा हिँड्दा डुल्दा, चिप्लिएर लड्दा हाँस्ने समाजबाट आएकी उनले काठमाडौंको फरक ठाउँमा हिँड्दा डोर्‍याउने, खान सिकाउने मान्छे भेटिन् । यसले उनलाई खुशी हुने आधार मिले। उनी सोच्थिन्, ‘मेरो को छ र? काठमाडौं जानलाई ।’ समाजबाट कम जोर बनाइएकी उनीमा त्यो सोचाइ आउनु स्वभाविक थियो। जीवनमा अनेक हण्डर खाएकी उनले त्यसअघि कहिल्यै तिम्रा लागि हामी पनि छौं भन्‍ने सुन्‍न पाएकी थिइनन्।

ब्लाइण्ड अडिसनपछि उनी गाउँ फर्किनुपर्छ भन्‍ने कुरामा अडिग रहिन्। घर कहिल्यै नछोडेकी उनलाई आफूले गर्नुपर्ने धेरै काम रोकिएको अनुभव भयो। उनी एक महिनाका लागि घर गइन । ब्याटलका लागि उनी काठमाडौं आइन्। तर उनले चाहिने जति मिहिनेत गर्न सकिनन्। त्यहीकारण उनको स्वरले जजको मन जित्‍न सकेन। अनि भ्वाइसको खेलबाट बाहिरिन्। त्यो दिन सबै धेरै रोएको बताउँछिन् उनी।

‘रुन त म पनि धेरै रुयाँ। मैले मेरा आँशु कसैलाई पन धेकायान। ब्याटलबाटी बाहिरियापछि मनमा भक्कानु फुट्यो। आफुकि सम्हाल्न सक्याँन,’ उनले सुनाइन्। ‘अडिसन राउण्ड’ पार गरेपछि एक महिनाका लागि गाउँ जानु नै आफ्ना लागि सबैभन्दा ठूलो पछुतो रहेको बताउँछिन् उनी। त्यो समय गाउन सिक्नुपर्ने रहेछ भन्‍ने लागिरहन्छ उनलाई। शोबाट बाहिरिएपछि जीवनमा केही गर्नुपर्छ भन्‍ने लागेको छ झुप्रीलाई उनी एकपटक आफ्नै क्षमताले ‘भ्वाइस अफ नेपाल’ जित्‍न चाहन्छिन्।

त्यसका लागि उनलाई संगीत सिक्ने धोको छ। त्यो धोको पूरा गर्न उनलाई उपयुक्त वातावरण छैन। उनको गाउँमा संगीत पाठशाला छैन। काठमाडौंमा बसेर संगीत सिक्न उनको क्षमताले धान्दैन। तर उनी हिम्मत हार्ने पक्षमा छैनन्। ‘बाँचेर के काम छ सुच्याँ र धेरै पल्ट मर्न्या कोशिस गर्या। तर दु:खीलाई त कालले पन हेला हर्यो। अब त बाँचेर केहि गर्ने रहर छ,’ उनी हिम्मत बटुल्दै भन्छिन्।

हेपाइका नयाँ स्वरुप : पहिले अशक्त र दृष्टिविहीन भन्दै समाजका सदस्यले झुप्रीलाई हेप्नु हेपे । अब उनलाई हेर्ने नजर पनि फेरिँदै गएको छ। क्षमता हुदाँ हुँदै पनि झुप्रीले अवसर नपाएको तर्क गर्ने पनि भेटिन थालेका छन् । हेपाइका झर्रा शब्द खेपेकी झुप्रीलाई माया गर्नेहरू बिस्तारै बढ्दै गएका छन्। अहिले पहिलेको जस्तो हेपाइ सहनु परेको छैन। तर हेपाइ पूरै हटेको पनि छैन। हे’पाइका झ’र्रा शब्द खेपेकी झुप्रीलाई माया गर्नेहरू बिस्तारै बढ्दै गएका छन्।

अहिले पहिलेको जस्तो हे’पाइ सहनु परेको छैन। तर हेपाइ पूरै हटेको पनि छैन। उनको चर्चा एकातिर छँदैछ। चर्चा हुँदैमा कमाइ पनि हुने मा’नसिकता गाउँमा विद्यमान छ। काठमाडौं कति कमाएर ल्याइस त भन्‍नेहरूको प्रश्‍नले उनलाई अझै घो’च्ने गरेको छ । ‘म त गाउन काठमाडौं आएकि छिया। गाँउका मान्छे कति कमा’एर ल्याइस ? त्यति पैसा क्या गर्न्या होइ ? भन्छन्, यो सुन्दा चि’त्त दुख्छ।’

प्रतिक्रिया दिनुहोस्