बेलायतमा एकैदिन करिब २३ हजार को’रोना सङ्क्रमित, ५०१ को मृ,त्यु

एजेन्सी । बेलायतमा एकै दिन करिब २३ हजार जनामा को’रोना भाइरस सङ्क्रमण पुष्टि भएको बताइएको छ। सरकारी स्रोतले उपलब्ध गराएको तथ्याङ्कमा बेलायतमा यही बिहीबार एकै दिन २२ हजार ९२५ जना कोरोनाका सङ्क्रमित देखि एका बताइएको हो । यहाँका स्वास्थ्य अधिकारीका अनुसार बिहीबार थपिएका ती सङ्क्रमित सहित यहाँ कोरोना सङ्क्रमितहरुको सङख्या १४ लाखभन्दा बढी पुगेको छ ।

बिहीबार यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा यहाँ सङ्क्रमितहरुको सङ्ख्या १४ लाख ५३ हजार ९६७ जना पुगेको जनाइएको हो । बेलायतमा यसरी एकै दिन यति धेरै सङ्क्रमित फेला पर्न थालेको पनि महिना दिन भन्दा पनि बढी भएको पनि स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । साथै यहाँ एकै दिनमा ५०१ जना सङ्क्रमितको मृ,त्यु भएको बताइएको छ ।

यो सङ्ख्या बेलायतमा को’रोना सङ्क्रमणबाट मृ,त्यु भएका व्यक्तिको सङ्ख्या ५३ हजार ७७५ पुगेको छ। पछिल्लो महिना यहाँ सङ्क्रमितको सङ्ख्या बढेसँगै मृतकहरुको सङ्ख्या पनि बढेको बताइएको छ। यहाँ को’रोनाको दोस्रो लहरको संक्रमण शुरु भएको बताइएको छ । जसका कारण बेलायतका केही ठाउँमा अझै लकडाउन जारी रहेको छ । यहाँको सरकारले यो तथ्याङ्कले बेलायतमा सङ्क्रमणले थप चिन्ता बढाइदिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्