२२ वर्षका युवकका तीन वटी श्रीमती, तीनै वटी मिलेर खोज्दैछन् चौथी सौता !

काठमाडौं। सौ’ता भन्ने शब्द महिलाहरुलाई पटक्कै मन नपर्ने शब्द हो। महिलाहरु विवाहपछि घरमा धेरै दुःख सहेर बसेका उदाहरणहरु छन् । महिलाहरु निकै सहनशील हुन्छन् तर विवाहित महिलाले सहनै नसक्ने कुरा हो–सौता । उनीहरु अरु धेरै कुरा सहन सक्छन् तर आफ्नो श्रीमानलाई अरु कसैसँग बाँड्न पटक्कै तयार हुँदैनन् ।

तर एक २२ वर्षका युवकका तीन श्रीमतीहरुले भने चौथी सौताको खोजी गरिरहेका छन् । गल्फ टुडेका अनुसार अदनान नामका यी पाकिस्तानी युवकले २२ वर्षको उमेरसम्म आइपुग्दा तीन बिहे गरिसकेका छन। र, अब उनका तीन श्रीमती हरु मिलेर चौथी सौ’ता खोज्दैछन् । उनका ती नैवटी श्र’मिती उनीसँगै छन् । पा’किस्तानको सियालकोटका अदनानको चर्चा अहिले विदेशसम्म पुगेको छ ।

मु’स्लिम समुदायमा १ भन्दा धेरै विवाह गर्नु कुनै नौलो कुरा होइन तर श्री’मतीले नै आफ्नी सौता खोज्नु भने निश्चय पनि अनौठो कुरा हो । अदनानले पहिलो बिहे १६ वर्षको उमेरमा गरेका थिए । दोस्रो श्री’मती सँग २० वर्षमा र अर्कीसँग २१ वर्षको उमेरमा बिहे गरेका हुन् । अदनानकी श्र’मितीहरुको नाम शुंभाल, शुबाना र शाहिदा हो ।

अहिले यी तीनैजना सौता मिलेर चौथी सौताको खोजी गरिरहेका छन् र उनी हरुलाई चौथी सौता पनि अंग्रेजीको एस अक्षरबाट नाम आउने नै चाहिएको छ । एस अक्षरबाट नाम आउने सौता आएमा घरमा खुसी रहिरहने उनीहरु मान्छन् । अदनानका २ श्री’मतीका सन्तान पनि छन् । जेठी श्रीमती शुंभालका ३ र माइली श्री’मती शुबानाका दुई स’न्तान छन् ।

शुबानाको एउटा बच्चालाई कान्छी शाहिदाले आफ्नो मानेकी छिन् । अदनानका तीन श्री’मतीहरुले उनीमाथि सबै श्री’मतीहरुलाई पूरा समय दिन नसकेको आ’रोप भने लगाउँछन् तर तीनै वटीले अदनान र बच्चाहरुको ख्याल गछृन् । अदनान तीनै जना श्री’मतीलाई प्रे’म गर्छन् । उनको घरको एक महिनाको खर्च डेढ लाख पा’किस्तानी रुपैयाँ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्