नेपाली दुई वैज्ञानिक अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारले सम्मानित

जनकपुरधाम । नेपाली नाम नै उज्यालो ज्योति हो । ज्योति नचम्किएको कहाँ पो छ र। विश्वका अनेकौँ कुनामा पुगेर नेपाल र नेपालीको नाम चम्काउने, देशको शीर उचो राख्ने तमाम सफल नेपालीलाई सल्यूट। आज फेरी अर्का दुई नेपाली छोरा छोरीले नेपाली आमाको मुहारमा खुशी भरेका छन् ।

उनीहरु सर्वोत्कष्टको अवार्ड थाप्दै गर्दा नेपाल आमा कति मुस्कुराउने हुन् कल्पना भन्दा माथी नै हुन्छ । यही खुशीको खबर आज हामी प्रस्तुत गर्दैछौ । धनुषा स्थायी घर भएका दुई नेपाली वैज्ञानिक इन्जिनियर अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारबाट सम्मानित हुनु भएको छ । नासामा कार्यरत जनकपुरधाम उपमहानगरपालिका घर भएकी वैज्ञानिक इन्जिनियर डा. रश्मी साह नासाद्वारा स्थापित अर्लि करिअर पब्लिक अचिभमेन्ट पुरस्कार २०१९ बाट सम्मानित हुनु भएको छ ।

यस्तै ईन्टेल कम्पनीमा कार्यरत जनकपुरका वरिष्ठ अनुसन्धान कर्ता वैज्ञानिक इन्जिनियर डा.सतिशचन्द्र झा ईन्टेल कम्पनीको सर्वोच्च आविष्कारक पुरस्कार २०१९ बाट सम्मानित हुनुभएको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिनुभयो । यो पुरस्कार नँया नँया खोज अनुसन्धान कर्तालाई दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्