ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि कारबाही गर्नुपर्छ : कृष्ण पहाडी

काठमाडौं, २५ माघ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बालुवाटार जग्गा अनि’यमितता प्र’करणमा पूर्व प्रधानमन्त्री द्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई समेत का’रबाही गर्नु पर्ने बताउनु भएको छ। शनिबार प्रेस विज्ञप्ती जारीगर्दै शान्ति समाजका संस्थापक सभापति पहाडीले नेपालको लोकतान्त्रिक आ’न्दोलनमा माधव नेपालको र गणतन्त्र स्थापनामा डा.भट्टराईकाे विशेष योगदान भएपनि उक्त योगदानको आधारमा उन्मुक्ति दिन नहुने बताउनु भएको हो ।

उत्कृष्ट लोकतान्त्रिक पद्धतिमा द’ण्डहीनता र उ’न्मुक्तिलाई कुनै स्थान नहुने पनि बताउनु भएको छ । जारी विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘प्रधान मन्त्रीको रुपमा कार्य सम्पादन गर्दा नेपाल र भट्टराईले राष्ट्रलाई नो’क्सान हुने गरी पटक– पटक मन्त्री मण्डलबाट निर्णय गराएको सन्दर्भमा अब राज्यले उक्त प्रक’रणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा.बाबुराम भट्टराईलाई पनि का’रबाही हेतु प्रक्रिया अघि बढाउनु पर्छ ।’

त्यस्तै, उक्त प्र’करणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदार सहित १७५ जनालाई मु’द्धा चलाएको सन्दर्भमा न्याय निरुपणको कार्यमा सबैले सहयोग गर्नुपर्ने बताउनु भएको छ।साथै ‘स्वतन्त्र न्यायालय’ बाट हुने निर्णय लाई सबैले स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले हाल नेपाली कांग्रेसका उप सभापति रहेका गच्छदार माथि मु’द्धा चलाइएको घ’टनालाई नेपाली कांग्रेस माथिकै आ’क्रमण भनि एक कोणबाट भएको दु’ष्प्रचार प्रति आफू दुःखी रहेको पनि बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्