बुढा माता पिताको जीवनभरको बचत २ करोड सबै चो’रेर भागेकी छोरी ३ वर्षमा घर फर्किंदा…

काठमाडौं। ८० वर्षका पिता र ७० वर्षकी आमा । उनीहरुले जीवन भरको कमाइ बचत गरेर बैंकमा राखेका थिए । बुढा मातापिताको बैंकमा १ लाख ३० हजार पाउण्ड (२ करोड रुपैयाँ) थियो। वृद्ध दम्पती २०१७ मा युरोप घुम्न गए । यही बेला उनकी छोरीले उनीहरुको सबै पैसा क्रेडिट कार्डको माध्यमबाट चोरेर भागिन् ।

३ वर्षपछि ती छोरी घर फर्किइन् तर मातापिताले उनलाई माफ गरेको बताएका छन। डेलीमेलको रिपोर्ट अनुसार ३६ वर्षकी मेलिसा फोर्डहेमले आफ्ना मातापिताको सबै बचत चो’रेर भागेकी थिइन। त्यसपछि उनलाई ३ वर्षको जेल सजाय सुनाइयो। रिपोर्ट अनुसार मेलिसाले मातापिताको बैंक खाता र क्रेडिट कार्यबाट गरी उनीहरुको भएजति सबै पैसा चो’रेकी थिइन् ।

नोभेम्बर २०१७ मा उनलाई ३ वर्षको जे’ल स’जाय सुनाइएको थियो । सुनुवाइको क्रममा करिब १ दर्जन चो’री र फ्र’डमा संलग्न भएको स्वीकारेकी मेलिसा अहिले स’जाय पूरा गरेर बाहिर निस्किएकी छिन् । मेलिसाका मातापिताले उनी जे’ल गएपछि उनमा धेरै सुधार आएको भन्दै उनलाई माफ गरेको बताएका छन् । उनका पिता ८३ वर्षका टेरेन्स र आमा ७३ वर्षकी एलिजाबेथले उनी फरक व्यक्ति भएर फर्किएको बताएका छन् । युरोप गएका उनका माता पिताले स्पेनमा क्रेडिट कार्ड बाट पैसा निकाल्न खोज्दा आफ्नो खातामा पैसा नभएको पत्तो पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्