अल्ट्रा लाइटबाट सुन्दर पोखराको दृश्य : ‘वाउ’ पोखरा

तारा चापागाई, पोखरा । काठमाडौबाट पोखरा अल्ट्रा लाइट उडानकै लागि आउनु भएका थापाथलीका निश्चल रिजाल अल्ट्रा लाइटको मजा एकपटक सबैले लिनुपर्ने बताउनुहुन्छ । शुक्रबार साँझ पोखरा आउनुभएका रिजाल शनिबार पोखराको आकाशमा अल्ट्रा लाइटबाट नियाल्दा वास्तविक सुन्दरता थाहा भएको प्रतिक्रिया दिनुभयो ।

“हिजो साँझ आए, अहिले उडि सकेर काठमाडौ फर्कदै छु, शुरुमा उड्न लाग्दा हल्का डर जस्तो लागेको थियो तर उडि सकेर पोखराको दृश्यावलोकन माथि बाट नियाल्दै निकै आनन्द लाग्यो, । ‘वाउ’ पोखरा कति सुन्दर छ ,। उहाँले भन्नु भयो, मेरो पनि घर पोखरामा भएको भए, । रिजालले भन्नु भयो । रिजाल जस्तै अल्ट्रालाइट उडने हर कोहिले पोखराको सुन्दतरतालाइ तारिफ नगरी बस्न सक्दैनन् ।

पोखरामा थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले विशेष सहुलियत दिएर साहसिक खेल ’अल्ट्रालाइट’ ५० प्रतिशत छुटका साथ सञ्चालनमा आएको छ । कोरोना भाइरस महामारीका कारण ८ महिनादेखि ब’न्द रहेको साहसिक खेल केहि दिन अगाडीबाट संचालनमा ल्याएको पोखरा अल्ट्रालाइटका संचालक पोमनारायण श्रेष्ठले जानकारी दिनु भयो ।

स्वदेशी पर्यटकलाइ चलायमान बनाउने प्रयास गरेका छौ, यसले पर्यटनमा ईंटा थप्ने काम गर्ला भन्ने विश्वास छ, । उहाँले यस अगाडि नौ हजार शुल्क लाग्ने अल्ट्रा लाइटले अहिले भने ५५ सय रुपैयाँमा उडान सेवा दिइरहेको बताउनुभयो । लगभग ५० प्रतिशत छुट दिएका छांै, आन्तरिक पर्यटकलाई जोड दिएका हौ, केही काठमाडौ र धेरै पोखरा बाट विद्यार्थीहरु बढि मात्रामा आउनुभएको छ ।

पहिला शुल्क महङ्गो भएकाले होला स्वदेशी भन्दा विदेशी बढी आउने गरेका थिए भने अहिले स्वदेशीलाई सहुलियत दिएको श्रेष्ठले बताउनु भयो । उहाँले पोखराका अल्ट्रा लाइटहरुले विशेष छुट दिइ रहेको बेला इच्छुकहरुले यसको शयर गर्न उहाँले आग्रह गर्नुभयो । “यो पूर्णरुपमा सुरक्षित छ, इच्छुक सबैले यसको अनुभव लिन सक्नुहुन्छ, यसरी विशेष छुट दिइरहेको बेला पोखरेलीले आफनो घरदैलोमा भएको अल्ट्रा लाइटको मजा लिनु हुन आग्रह पनि गर्छु , श्रेष्ठले भन्नुभयो ।

श्रेष्ठका अनुसार पोखरामा ४ वटा अल्ट्रालाइट कम्पनी छन्। को’रोनाको महामारी भन्दा पहिला दिनमा १५ देखि २० जना उड्ने गरे पनि अहिले भने दिनमा ५, ६ जना उड्ने गर्छन् । अल्ट्रालाइटले एक पटकमा १५ मिनेटमात्रै उडान गर्ने गरेको बताउनुभयो। पोखरा विमानस्थलबाट उडान गरिने अल्ट्रालाइट पोखराको आकाशमा हिमालको सुन्दर दृश्यावलोकन, सराङकोट, पोखरा फेवताल, स्तुफा लगायत पोखराका रमणिय दृश्यावलोकन गराएर सोही ठाउँमा ल्याएर अवतरण गरिने श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्