घूस सहित ट्राफिकका असई र जवान प’क्राउ

काठमाडौं : बुटवलमा ट्राफिक प्रहरीका असई र प्रहरी जवान घू’स रकम सहित प’क्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय बुटवललेको उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट घू’सको रकम सहित शुक्रबार नि’यन्त्रणमा लिएको हो। बुटवल ट्राफिक मातहतका असई सूर्यबहादुर अधिकारी पाँच हजार रुपैयाँ घूस रकम सहित प’क्राउ परेका हुन्।

अधिकारीले राजमार्ग पर्ने बुटवल धागो कारखाना नजिकैको ट्राफिक प्रहरी पोष्ट रामनगरबाट रं’गेहात प’क्राउ परेका हुन्। टिपरलाई सहज रूपमा व्यवस्थापन गरिदिने भन्दै टिपर चालकसँग पाँच हजार घू’स लिँदै गर्दाको अवस्थामा शुक्रबार साँझ नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ।

त्यसैगरी, प्रहरी जवान छविलाल पोखरेल तीन हजार रुपैयाँ घू’स रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । अख्तियारले शुक्रबार नै देवदहको खैरहनी ट्राफिक प्रहरी पोष्टका जवान पोखरेललाई नि’यन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुसालले बताए। उनका अनुसार दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस्