सुरेन्द्र पाण्डेमाथि अ’भद्र व्यवहार गर्नेलाई कडा कारबाही गरियोस् : वरिष्ठ नेता नेपाल

काठमाडौं : र्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे माथि भएको ना’रा बाजीको निन्दा गरेका छन् । शनिवार दिउँसो एक विज्ञप्ती जारी गर्दै वरिष्ठ नेता नेपालले सो घटनाको निन्दा गरेका हुन् ।

उनले लेखेका छन्, ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनु भएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अ’भद्र ब्यबहार तथा नाराबाजीको नि’न्दा एवम् भ’र्त्सना गर्दछु ।’

उनले सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने भन्दै उक्त कार्य गर्ने/ गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा का’रबाही गर्न ग’म्भीर ध्यानाकर्षण गराएका छन् । नेता पाण्डे माथि शनिवार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका केही कार्य कर्ताहरूको भी’डले ना’राबाजी तथा वि’रोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्