२ वटा ब’म नेपाली सेनाद्धारा डिस्पोज

हुम्ला, ७ मंसिर । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको कृषि विकास कार्यालयको मुल गेटमा दुईटा ब,म भेटिएका छन। कृषि विकास कार्यलयका कार्यलय सहयोगी रामदल राउतले आइतबार बिहान देखेका थिए । सुरुमा उनले २ लिटर को स्टिलको बाल्टी देखेको बताए । उनले कसैले बाल्टी बिर्सिएको ठानेर वास्ता नगरेको तर भरै राम्ररी हेर्दा प्लास्टिकको टेपले बेरिएको अवस्थामा केही शं’कास्पद वस्तु मुल गेटमा झु’ण्डाएको देखेपछि जिल्ला प्रहरी कार्यलय हुम्लालाई खबर गरेको उनले बताए ।

त्यस लगत्तै घटनास्थल पुगेको नेपाल प्रहरीको टोलीले बाल्टिन ब,म र सकेट ब,म हुन सक्ने अनुमान गरेपछि जिल्ला कृषि बिकास कार्यालय बरपर मानिसको आवतजावत बन्दगरि सुरक्ष ब्यबस्था कडा गरिएके थियो। नेपाल प्रहरी ससस्त्र प्रहरी बल र नेपाल सेनाको टोलीले निरीक्षण गर्दा एक वटा बाल्टिन ब,म र अर्को सकेट ब,म भेटिएको पुष्टि भएको हो ।

उक्त ब,मलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रीय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी सूर्यप्रकाश सुवेदीले बताउनु भयो । उक्त ब,मलाई नेपाली सेनाको डिस्पोजल टोलीले सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को खुला जमिनमा लगेर निस्क्रिय पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्