विदेशबाट नेपाल आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिन राखिने

काठमाडौं : विदेशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिन मा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको जानकारी दिए।

क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गरिने उनले बताए। सरकारले यसअघि पनि विदेशबाट नेपाल आउने व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राख्ने गरेकोमा पछिल्लो समय यसको कार्यान्वयन भएको थिएन। तर अहिले संक्रमणको जोखिम फेरि बढ्दै गएकाले सरकारले विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने नीतिलाई कडाइ गर्न लागेको हो।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले स्थल तथा हवाई मार्गबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिन राख्न राख्ने र त्यसअवधिमा लक्षण देखिए मात्र परीक्षण गर्ने व्यवस्था गर्न कोभिड-१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरे को हो ।

प्रतिक्रिया दिनुहोस्