को’रोना मुक्त भए डा. बाबुराम भट्टराई दम्पती

काठमाडौं : पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमी को’रोना संक्रमण मुक्त भएका छन्। संक्रमण भएको एक महिनापछि आफूहरू दुवैको को’रोना रिपोर्ट नेगेटिभ आएको भट्टराईले ट्वीटर मार्फत् जानकारी दिएका हुन्।

ट्वीटर मार्फत् उनले भनेका छन्- एक महिनापछि कोभिडसँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो। यो युद्धविराम हो, विजय हैन। यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ। अत: सबैले नियमित सुरक्षा विधि जारी राखौं! शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद!

गत कात्तिक ८ गते दुवै संक्रमित भएका थिए । बाबुरामको स्टाटस जस्ताको तेस्तै: एक महिनापछिCOVID-19संग हामी दुवैले यु’द्ध विराम गरियो र -veरिपोर्ट प्राप्त गरियो। यो यु’द्ध विराम हो, विजय हैन। यो महाब्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ।अत: सबैले नियमित सुरक्षा विधि जारी राखौं!शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद!

प्रतिक्रिया दिनुहोस्