नेपाल प्रहरीका पूर्वडीएसपी श्रेष्ठ बेलायतको ह्या’म्पशायर प्रहरीको सल्लाहकार नियुक्त

काठमाडौं । हाल बेलायतमा बस्दै आएका नेपाल प्रहरीका पूर्व डीएसपी शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय ए’ड्भाइजरी बोर्डमा नियुक्त भएका छन् । बेलायती प्रहरीको ह्या’म्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा आफूलाई नि’युक्त गरिएको श्रेष्ठले जानकारी दिए ।ह्या’म्प्सायर क’न्स्टल्बुरीका असिस्टेन्ट चि’फ कन्स्टेबल म्याग्गी ब्लिथले श्रेष्ठलाई सल्लाहकार बोर्डमा नियुक्त गरिएको जानकारी गराएकी हुन् ।

ह्याम्पशायर कन्सट्याबुलरीको ‘फोर्स स्ट्या’टेजिक इ’ण्डिपेन्डेन्ट एड्भाइजरी ग्रुप’ मा नियुक्त ८ सदस्यमध्ये श्रेष्ठ एक हुन् । नेपाल प्रहरीका पूर्वडीएसपी श्रेष्ठको व्यवसायिक पृष्ठभूमि र यहाँको स्थानीय स’मु दायमा उनको सक्रियताका आधारमा प्रहरीको सल्लाहकारमा नियुक्त गरिएको हो ।बोर्डमा श्रेष्ठको नाम प्रस्ताव भइसकेपछि विभिन्न चरणमा भएका बैठक र अन्तरवार्ताहरु पछि उनलाई नियुक्ति दिइएको हो ।

त्यसक्रममा ह्याम्पशायर कन्सट्याबुलरीका उच्च प्रहरी अधिकारीहरुसँगै बेलायत सरकारका पूर्वगृहमन्त्री समेतको सहभागितामा छलफलहरु भएको थियो ।बोर्डमा सल्लाहकारका रुपमा नियुक्त श्रेष्ठको कार्यकाल आउँदो वर्षको सुरुदेखि २ वर्ष रहनेछ । बेलायतमा नेपाली हरुको उल्लेख्य बसोबास रहेका अल्डरसट, फार्नबरोदेखि हुक, बेजिंगस्टोक, विन्चेस्टर, अल्टन, साउथह्याम्पटन, पोर्टस्माउथ र आइल अफ ह्वाइटसम्मका क्षेत्र बेलायती प्र’हरीको ह्याम्पशायर कन्सट्याबुलरीको कार्यक्षेत्रमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्