फुट्नका लागि नेकपा माटोको हाँडी होइन : भीम रावल

धनगढी : पूर्वउपप्रधानमत्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम इञ्चार्ज नेता भीम रावलले पार्टी फुट्नका लागि माटोको हाँडी नभएको बताएका छन। आइतबार धनगढीमा प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मे लनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘पार्टी के माटोको हाँडी हो र ? जसले जति बेला लौरोले हान्यो र फुट्यो ?’ उनले भने, ‘यो पार्टी कमजोर आधारमा बनेको पार्टी होइन ।’ ‘केपी ओलीले पार्टी फुटाउने हो भने उनलाई प्रधानमन्त्री भन्दा ठूलो के पद पाइएला ?’, नेता रावलले दुबै अध्यक्षलाई कटाक्ष गर्दै थपे, ‘अनी प्रचण्डले फुटाउने हुन भने उनी ८ लाख संगठित कार्यकर्ताका अध्यक्ष हुन् । उनले यो भन्दा ठूलो पद के पाउलान ? त्यसैले पार्टी फुटदैन ।’

कसैलाई राष्ट्रघात गर्नु छ भने जेपनि गरे हुने उनको भनाइ छ। ‘नेपाली भुभाग कालापानीमा भारतले सडक बनाई सक्यो, नेपालले हालै आफ्नो भुभाग समेटिएको नक्सा जारी गरेको छ,अब त्यो सबै कुरा लत्याउने हो भने पार्टी पुटाए हुन्छ’, उनले भने, ‘कसैको त्यो मनसाय त नहोला, भनेपछि शं’का किन गर्ने ?’ पार्टी विभाजनका लागि त्यहाँ सैद्धान्तिक विषय हुनुपर्ने, पार्टी केन्द्रीय समितिको निर्णय हुनुपर्ने, प्रतिनिधि सभा सदस्यको अनुपात हुनु पर्ने भएकाले, कुनै पनि कुरा प्रकृयामा नजादै पार्टी फुट्ने हल्ला चलाइएको उनको भनाइ ।

प्रतिक्रिया दिनुहोस्