को’रोना जितेका मनोज गजुरेल यस्ता देखिए, फेसवुकमा लेखे यस्तो अनौठो सन्देश

काठमाडौ । को’रोना संक्रमित भएर लामो समय अस्पताल बसेका हाँस्य कलाकार मनोज गजुरेलले कोरोना जितेका छन् । उनी तिहारको अघिल्लो दिन अस्पतालवाट डिस्चार्ज भएका हुन् । को’रोना पुष्टि भएपछि घरमै आइसो लेसनमा बस्दा स्वास्थयमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए ।

श्वास प्रस्वासमा समस्या भएपछि उनी आइसियुमा बसेका थिए ।उनको अवस्थाका बारेमा अड्कल गर्दै समाचार आउन थालेपछि आफु ठिक हुँदै गएको जानकारी समेत गजुरेलले दिएका थिए । हाल घर फर्किएपछि पहिलो तस्बिर सार्वजनिक गर्दै कलाकार गजुरेलले सामाजिक सञ्जालमार्फत आफू आराम रहेको जानकारी गराएका छन् । स्टाटस सहित तस्विर राख्दै उनले आफू पूर्ण स्वस्थ रहेको जानकारी गराएका हुन् ।

कोभिडका कारण आइसियुमा पुगेर १९ दिनको अस्पताल बसाई पछि घर फर्किएका गजुरेलले सबैको सद्भाव र शुभकामनाका कारण आफू स्वस्थ भएको भनेका छन् ।उनले लेखेका छन् ‘आराम छु, आराम चाहान्छु । तपाईंहरुको शुभ कामना र सद्भावको कारण आजको मेरो स्वास्थ्य यस्तो छ । सबैलाई धन्यबाद । सधैंलाई धन्यबाद ।’

प्रतिक्रिया दिनुहोस्