किन्ने हो भीआर बाइक ? यस्तो छ नयाँ मूल्य

काठमाडौं। हाडफोर्ड नेपालमा बिक्री हुने सबैभन्दा पुरानो मध्यको एक डर्ट बाइक हो । नेपाली युवा माझ कुनै समय निकै चर्चामा रहेको यो मोटरसाइकल अहिले पनि सडकमा राम्रै संख्यामा गुडेको देख्न सकिन्छ। होन्डाले एक्सआर सिरिजमा विभिन्न इन्जिन अप्सनमा डर्ट बाइक ल्याएसँगै यसको बिक्रीमा केही कमी आएको हो ।

होन्डाको अलावा अहिले बजारमा यामाहा, क्रसफायर, लेमोटो, एसियन बिट्स, सीएफ, बिएमडब्ल्यू जस्ता कम्पनीले पनि डर्ट बाइक बिक्री गर्न सुरु गरेसँगै बजारमा तिब्र प्रतिस्पर्धा चलि रहेको छ । हाडफोर्ड कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आएको ‘भीआर १५० र २२३’ गरि दुई भेरियन्टमा उपलब्ध गराएको छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

१४९ र २२३ सीसी क्षमताको ओएचसी ४ स्ट्रोक इन्जिनमा उपलब्ध भी आरले अधिकतम १८.१ पीएस पावर प्रदान गर्नेछ भने यी दुबै भेरियन्टमा कार्बुरेटर इन्जिमा दिइएको छ । १२ लिटरको इन्धन ट्याङ्की दिइएको बाइकलाई आराम दायी बनाउन कम्पनीले अगाडि डबल पेरिस्कोप र पछाडि मोनोसक सस्पेन्सन दिएको छ । बाइकमा १८ इन्चको ह्वील दिइएको छ ।

२१०० एमएम लम्बाई, ७७५ एमएम चौडाई र १२१५ एमएम उचाई रहेको बाइकमा १३५० एमएमको ह्वीलबेस प्रदान गरिएको छ। इन्टरनेशनल मोटर्स प्रालिले बिक्री वितरण गर्दै आएको भीआर १५० को मूल्य ४ लाख १० हजार रुपैयाँ तोकिएको छ भने भीआर २२३ को मूल्य ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्