जाडोमा यसरी बनाउनुस् घरेलु उपायबाट छि’न भरमै हात नरम र गोरो !

काठमाडौं । सुन्दर देखिन अनुहार राम्रो भएर मात्रै हुँदैन। अनुहारका साथै हातगोडाको हेरचाहमा उत्तिकै ध्यान दिनुपर्छ । चिसो मौसममा त छाला झन् खस्रो हुन्छ। धेरैको ध्यान अनुहारको खस्’रोपन हटाउनेतिर मात्र जान्छ। हातको छालामा भएको खस्’रो कम गर्न त्यति ध्यान दिइँदैन । तर हातको हेरचाह र नरमपनमा उत्तिकै विचार पुर्यानुपर्छ। जाडोमा हात नरम बनाउन केही घरेलु विधि अपनाउन सकिन्छ।

-दैनिक चिसो पानीमा हात खेलाउना साथ लोसन प्रयोग गर्नुपर्छ । यसले हातलाई नरम बनाउनुका साथै छालालाई चम्किलो पनि बनाउँछ।

-राति सुत्नुअघि छालामा क्रिम बेस मोस्चराइजर लगाउनु उपयुक्त हुन्छ । यसो गर्दा त्रिम हातमा राम्ररी बस्छ।

-नुहाउने समयमा हातमा तेल वा क्रिम लगाउनु पर्छ । नुहाएपछि शरीरमा ब’डी लोसन या क्रि’म लगाउनाले छालालाई नरम बनाउँछ ।

-प्रयोग गर्ने तेल तिल या जैतुनको रो’ज्नु राम्रो हुन्छ । छाला धेरै फुस्रो छ भने बदामको तेल तताएर लगाउन सकिन्छ। शरीरभर मा’लिस गर्न पनि सकिन्छ।

-एक चम्चा तिलको तेल, एक चम्चा बदामको तेल तथा एक चम्चा गहुँको तेलको मि’श्रण बनाएर हात तथा नङमा दैनिक लगाउँदा फाइदा हुन्छ।

-बेसन, दही र बेसारलाई मिलाएर बनाएको पे’स्ट हातमा लगाएर २० मिनेटपछि हलका स्क्र’ब गरेर हटाउँदा पनि हात न’रम हुन्छ।

-ख’स्रो छालाका लागि दुई चम्चा सुर्यमुखी तेल, दुई चम्चा कागतीको रस र एक चम्चा चिनी मिलाएर बनाएको पेस्ट लगाएर १५ मिनेटपछि विस्तारै स्क्र’ब गर्दा राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्