किन कि’न्ने स्लीपर क्लच भएका मोटरसाइकल, यस्ता छन् फाइदा

काठमाडौं : हरेक बाइकमा क्लच हुन्छ । क्लचको काम इन्जिन र गियरलाई जोड्ने र छु’टाउने हो । बाइकमा हरेक पटक गियर परिर्वतन गर्नु पर्दा क्लच अनिर्वाय द’वाउनु पर्छ । स्लीपर क्लचको सहायताले गियर परिवर्तन गर्दा बाइकमा झट्का महशुस हुँदैन । स्लीपर क्लचको काम यति मात्र होइन, यसलाई इन्जिन ब्रेकिङ भनेर पनि बुझिन्छ ।

सामान्यतया हामी बाइक लाई ब्रेक लगाएर रोक्ने गर्छौ तर, प्रो राइडर हरु जो ट्रयाकमा बाइक चलाउने गर्छन् उनीहरु कमै मात्र ब्रेकको प्रयोग गर्ने गर्छन् । मानौ बाइक १०० को स्पीडमा ५ गियरमा चलिरहेको छ, अगाडि कुनै बस्तु आयो र बाइकको स्पीड कम गर्नु पर्यो, यस्तो अबस्थामा ब्रेकको प्रयोग गर्दा बाइक स्कीड भई दुर्घटना हुने सम्भावना धेरै हुन्छ ।

यस्तो अवस्थामा इन्जिन ब्रेकिङ प्रयोग गर्नु उपयुक्त हुन्छ । क्लच समाएर गियरलाई डाउनगरी क्लच पुरै छाड्दा बाइकको स्पीड कम हुन्छ तर बाइकको आरपीम भने सबै भन्दा माथी पुग्छ । एकै पटक तिब्र गति बाट गति कम हुँदा इन्जिनमा ठूलो आवाज आउने हुन्छ साथै बाइकको कन्ट्रोलपनि गुम्न सक्छ । यसको असर सिधा क्लच, इन्जिन र रियर ह्वीलमा पर्छ ।

यस्तो अबस्थामा बाइकमा स्लीपर क्लच छ भने, १०० को स्पीडबाट बाइकलाई रोक्नु पर्ने अबस्थामा क्लच समाएर गियर डाउन गरी क्लच रिलिज गर्दा सामान्य क्लचको तुलनामा निकै सहजताका साथ बाइक कन्ट्रोलमा आउँछ। केही समय पहिलासम्म महंगो बाइक मा मात्र प्रयोग हुने गरेको स्लीपर क्लच हाल मध्यम मूल्यको बाइकमा समेत उपलब्ध हुन थालेको छ ।

स्लीपर क्लचले कसरी काम गर्छ : माथी उल्लेख गरे जस्तै स्पीडमा रहेको बाइकलाई ५ गियरबाट ४ गियरमा डाउन गर्दा इन्जिन आरपीएम रेडलाइनमा पुग्दैन, तर थोरै आरपीएम भने बढ्छ । सामान्य क्लच भएको बाइक १२ हजार आरपी एममा पुग्छ भने, स्लीपर क्लच भएको बाइकमा ८ हजार आरपीएममा पुग्छ ।

स्लीपर क्लचको मतलब स्लीप हुनु हो । जब स्लीपर क्लच प्रयोग गरिन्छ यसले इन्जिन र रियर ह्वीललाई अलग गर्ने काम गर्छ । त्यसले इन्जिन र रियर ह्वीलको गतिलाई समानान्तर गराउँछ। यसले बाइक कर्नरिङ, स्पीड डाउन, इन्जिन ब्रेकिङ जस्ता कार्यमा सह जता ल्याउँछ भने बाइकमा गियर चेन्ज गर्दा हुने झट्का कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्