मकवानपुरका ६७३ घरमा खरको छानो फेरिँदै

हेटौंडा, मंसिर ८: नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत मकवानपुरमा ६७३ विपन्न परिवारको घरको छानो फेरिने भएको छ। जिल्लाको निर्वाचन क्षेत्रनम्बर २ अन्तर्गतका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका , मनहरि, राक्सीराङ, ईन्द्रसरोवर, भिम फेदी र मकवानपुरगढी गाउँ पालिकामा ६७३ घरमा खरको छानो विस्तापित गरेर जस्ताको छानो लगाइने भएको हो । आइतबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका ६७३ लाभग्राही सख्या निर्धारण भएको हो ।

आर्थिक वर्ष २०७६÷०७७ मै कार्यान्वयन हुनु पर्ने कार्यक्रम को’रोना भाइरस महामारी लगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेकाले यस वर्ष निरन्तरता दिइएको हो । मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको संयोजकत्वमा बसेको बैठकले निर्वा चन क्षेत्र नम्बर २ अन्तर्गत हेटौंडा उपमहानगरपालिका क्षेत्रको वडा नम्बर १, ३, ११ र १९ मा १०० घर, भीमफेदी गाउँपालिकामा ५० घर, कैलाश गाउँपालिकामा ७५ घर, मकवानपुरगढी गाउँ पालिकामा ५० घर, मनहरि गाउँपालिकामा १०० घर, राक्सीराङ गाउँ पालिकामा १७३ घर र इन्द्रसरोवर गाउँपालिकामा २५ घर सुरक्षित नागरिक आवास निर्माणकालागि निर्धारण गरिएको छ ।

उक्त कार्यक्रम अन्तर्गत पालिकाका अतिविपन्न, गरिब र भूकम्प पुननिर्माणमा नपरेका परिवारले मात्र यो सेवा प्राप्त गर्ने छन। बैठकमा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यविधिको संशोधन तथा यसका व्यवस्थाका बारेमा जानकारी दिनुका साथै सो सम्बन्धमा छल फल समेत भएकोे थियो । बैठकले कार्यविधिमा उल्लेख भए बमोजिम आर्थिक वर्ष २०७६÷०७७ को क्रमागत कैलाश, मकवानपुरगढी र मनहरि गाउँपालिकामा छनौटको निर्णय हुन बाँकी लाभग्राही छनौट गर्न तथा आव २०७७÷०७८ मा स्वीकृत संख्याको लाभ ग्राही छनौटका लागि १५ दिने सूचना जारी गरेर सर्वेक्षण विवरण तयार गरी सघन शहरी तथा भवन कार्यालयमा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको संयोजनमा बसेको बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सम्बन्धित गाउँ पालिकाका अध्यक्षहरु, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्